एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

चितवन : जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुनुहन्छ । उहाँ एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित हुनुहुन्छ । गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो । आफू छ–सात वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै उहाँले कक्षा १० मा पढ्दापढ्दै बुबाको भारतमा मृत्यु भएपछि काकाकाकीसँगै बस्दै आएको उल्लेख गर्नुभयो । आफूलाई एचआइभी सङ्क्रमण भएपछि जीवन सक्किएको महसुस गरे पनि निरन्तर मेहनत र सङ्घर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, “सानै उमेरमा बुबाआमा गुमाउन पुगेपछि समाजलाई केही गरेर देखाउनु छ भन्ने उद्देश्यले मेहनत गर्दा दोस्रो पटकमा सफलता हात पारेकी हुँ ।” यसले केही गर्न सक्दैन भन्ने समाजलाई केही गरेर देखाउँछु भन्ने अठोटका साथ लागे गर्न सकिने उहाँको भनाइ छ । आफ्नो जीवनमा पाएको दुःखकष्ट सम्झदै उहाँले भन्नुभयो, “आमाको मृत्यु पछि कान्छी आमाले पढ्नलेख्न खर्च नदिँदा निकै दुःख लागेर आउथ्यो । अहिले आफ्नो खुट्टामा उभिएकी छु ।” आमाबुबाको मृत्युपछि सामाजमा आउने र पढ्न चाहनेलाई प्रौढ कक्षा पढाउने, कतिपय अवस्थामा दैनिक ज्यालादारी गर्दै कक्षा १२ सम्मको अध्ययन सम्पन्न गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले सम्झनुभयो, “पढ्ने रहर हुँदाहुँदै पढ्न सकिन अहिले बल्ल स्नातक तहमा भर्ना भएर दोस्रो वर्षमा अध्ययनरत छु ।” परिवारको माया र सहयोग नपाउँदा नपाउँदै आफूलाई एचआइभी सङ्क्रमण पुष्टि भएपछि सुरुआती समयमा समाजमा बस्न निकै कठिन भएको गुरुङले सुनाउनुभयो ।

एचआइभी सङ्क्रमण देखिएपछि तीन महिना एएचएफ नेपालमा काम गर्नुभएकी उहाँले भारतमा रहेका एचआइभी एड्स सङ्क्रमितसँगै विवाहा गरेर भारत जानुभयो । भारतमा गएर श्रीमान् श्रीमती दुवैले काम गर्न थालेको बताउँदै गुरुङले आफ्नो एउटा छोरो रहेको जानकारी दिनुभयो । “छोरो अहिले नौ वर्षको भएको छ । कामसँगै पढाइलाई निरन्तर लगिरहेकाले दुःखको फल अहिले पाएको छु”, उहाँले भन्नुभयो । अहिले नियमित औषधि खाइरहेकाले स्वास्थ्यसँगै काममा कुनै समस्या नरहेको उहाँले बताउनुभयो । अनेक दुःख र सङ्घर्षका बीचमा निरन्तर मेहनत गरेपछि अहिले प्राथामिक तहमा स्थायी शिक्षकमा नाम निकाल्न सफल भएको जनाउँदै उहाँले भेद्भाव नभए निजामती सेवाअन्तर्गत अधिकृत बनेर देश र जनताको सेवा गर्ने इच्छा रहेको गुरुङले बताउनुभयो । विगत १८ वर्षदेखि एआरटी (एचआइभी सङ्क्रमितले सेवान गर्ने औषधि) औषधि सेवन गर्दै आउनुभएकी भरतपुर महानगरपालिका निवासी सविना पण्डित (नाम र थर परिवर्तित) अहिले एड्स सङ्क्रमितको संस्था राष्ट्रिय समन्वय संयन्त्रमा युवाबाट छनोट भएर काम गर्दै हुनुहुन्छ । उहाँले एड्स सङ्क्रमण भएको पुष्टि भएपछि औषधि सेवन गर्दा आफूलाई सुरुआती समयमा निकै कठिन भएको बताउँदै अहिले सहज हुँदै गएको जनाउनुभयो ।

“पहिला मैले केही गर्न सक्दिन भन्ने मनमा भावना आएको थियो । अब भने यो रोग सामान्य हो, आफूले आत्मबल बलियो बनाउन सके जितिन्छ भन्ने अवस्थामा पुगेकी छु । नियमित औषधि सेवन र आत्मबल रोगसँग लड्ने प्रमुख तत्व हुन्”, उहाँले भननुभयो । सङ्क्रमित युवाहरु खुलेर आउन सकेमा समाज परिवर्तन गर्न सकिने भन्दै उहाँले सङ्क्रमितका आवाजलाई सबैले सम्बोधन गर्न आग्रह गर्नभयो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एचआइभी एड्स पछिल्लो समय सामान्य रोग जस्तै भएकाले आत्मबल बलियो बनाएर काम गर्न सके सफलता हात पार्न कठिन नहुने धारणा राख्नुभयो । यो रोग सामान्य भए पनि आत्मविश्वास भएमा जीवन सफल बनाउन सकिने उहाँको भनाइ छ । एचआइभी एड्स मानव प्रतिरक्षा प्रणालीलाई नष्ट पार्ने भाइरसको सङ्क्रमणका कारण हुने भएकाले नियमित औषधि सेवन र आत्मविश्वासले यो रोगसँग सहजै लड्न सकिने भरतपुर अस्पतालको एएचएफका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको एएचएफ कार्यक्रमबाट एक हजार एक सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । यस संस्थाले महिलालाई औषधिसँगै प्रोत्साहनसमेत प्रहान गर्दै आएको उहाँको भनाइ छ ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »