पाटनका स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन

दशरथचन्द (बैतडी) : जिल्लाको पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्र, वसन्तपुर स्वास्थ्य चौकी र सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेमा महिलाका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले नेपाल मेड जर्मनी तथा नगरको सहकार्यमा महिलाहरूका लागि तीनवटै स्वास्थ्य संस्थामा निःशुल्क शिविर सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार पाटन–६ को प्राथमिक स्वास्थ्य केन्द्रमा यही चैत २२ गते, पाटन–८ को सिद्धेश्वर चौकीमा २३ गते र पाटन–५ को वसन्तपुर स्वास्थ्य चौकीमा २४ गते निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुनेछ । प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या, गर्भ नरहने वा पटकपटक तुहिने, महिनावारी हुँदा पेट दुख्ने वा धेरैपटक रगत बहने, पिसाब गर्दा दुख्ने वा पोल्नेलगायत रोगको जाँच, उपचार तथा परामर्श प्रदान गरिने सिद्धेश्वर स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच पनि गरिने छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा निता तिमिल्सिना र रेजिना खड्काले सेवा दिने उहाँको भनाइ छ ।

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »