छ सय महिलाको पाठेघरको परीक्षण

चितवन : जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरुको पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोगको परीक्षण गरिएको हो । कार्यालयकी पब्लिक हेल्थ नर्स निरीक्षक नन्दकली चापागाइँका अनुसार राप्ती नगरपालिकाको लोथर, रत्न नगरपालिकाको बछौली, भरतपुर महानगरपालिकाको मेघौली र गौरीगञ्ज, माडी नगरपालिकाको रमाइलोडाँडा तथा कालिका नगरपालिकाको सिद्धिमा परीक्षण गरिएको थियो । सो क्रममा ५३१ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो भने अन्यको पाठेघरमा भएका विभिन्न समस्याको परीक्षण गरिएको चापागाईंले बताउनुभयो ।

उहाँका अनुसार परीक्षण गरिएकामध्ये चारजनामा पाठेघरको मुखको क्यान्सर देखिएको र तीनजनामा क्यान्सरको आशङ्का गरी परीक्षणका लागि पठाइएको छ । यस्तै, दुईजनामा स्तन क्यान्सर, छजनाको पाठेघर खसेको पाइएको र उनीहरुको उपचार गराइएको छ । छजनाको पाठेघरको शल्यक्रियाका लागि पठाइएको, चारजनामा पाठेघरको मुखमा घाउ भएको पाइएको, नौ महिलाको पिसाब थैली तल झरेको पाइएको चापागाईंले बताउनुभयो । उहाँका अनुसार चारजनाको मलद्वारबाहिर निस्किएको, १८ जनामा पाठेघर तल झर्नसक्ने देखिएकाले फिजियोथेरापी सिकाइएको छ । स्वास्थ्य सेवाको प्रभावकारी पहुँच नपुगेका समुदायमा यस्तो बढी सङ्ख्यामा पाइएको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्र र पहाडी क्षेत्रमा समस्या बढी रहेको छ ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »