छ सय महिलाको पाठेघरको परीक्षण

चितवन : जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरुको पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोगको परीक्षण गरिएको हो । कार्यालयकी पब्लिक हेल्थ नर्स निरीक्षक नन्दकली चापागाइँका अनुसार राप्ती नगरपालिकाको लोथर, रत्न नगरपालिकाको बछौली, भरतपुर महानगरपालिकाको मेघौली र गौरीगञ्ज, माडी नगरपालिकाको रमाइलोडाँडा तथा कालिका नगरपालिकाको सिद्धिमा परीक्षण गरिएको थियो । सो क्रममा ५३१ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो भने अन्यको पाठेघरमा भएका विभिन्न समस्याको परीक्षण गरिएको चापागाईंले बताउनुभयो ।

उहाँका अनुसार परीक्षण गरिएकामध्ये चारजनामा पाठेघरको मुखको क्यान्सर देखिएको र तीनजनामा क्यान्सरको आशङ्का गरी परीक्षणका लागि पठाइएको छ । यस्तै, दुईजनामा स्तन क्यान्सर, छजनाको पाठेघर खसेको पाइएको र उनीहरुको उपचार गराइएको छ । छजनाको पाठेघरको शल्यक्रियाका लागि पठाइएको, चारजनामा पाठेघरको मुखमा घाउ भएको पाइएको, नौ महिलाको पिसाब थैली तल झरेको पाइएको चापागाईंले बताउनुभयो । उहाँका अनुसार चारजनाको मलद्वारबाहिर निस्किएको, १८ जनामा पाठेघर तल झर्नसक्ने देखिएकाले फिजियोथेरापी सिकाइएको छ । स्वास्थ्य सेवाको प्रभावकारी पहुँच नपुगेका समुदायमा यस्तो बढी सङ्ख्यामा पाइएको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्र र पहाडी क्षेत्रमा समस्या बढी रहेको छ ।

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »