गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित

तिलोत्तमा (रुपन्देही) : विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ । नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएको उल्लेख गरिएको छ । गुट्खाजन्य पदार्थको बिक्रीवितरण कार्यको अनुगमनका लागि सो कार्यविधिको दफा ६ को उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयोजक रहने गरी आर्थिक विकास समिति संयोजक, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक, राजस्व शाखा संयोजक, नेपाल प्रहरीका स्थानीय प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि, उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र नगर प्रहरी इन्चार्ज सदस्य रहेको अनुगमन समिति रहने भनी उल्लेख छ । यसैगरी, दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समिति वडाध्यक्ष संयोजक रहने गरी वडाध्यक्षले तोकेको वडा सदस्यमध्येबाट एक वडा सदस्य, टोल विकास सञ्जालका अध्यक्ष, वडा बाल सञ्जाल प्रतिनिधि, क्लब, सङ्घसंस्था, आमा समूहमध्येबाट तीन, स्वास्थ्य संस्थाबाट दुईजना, नेपाल प्रहरीका स्थानीय प्रमुख प्रतिनिधि र वडा सचिव रहने भनी उल्लेख गरिएको छ ।

सो कार्यविधिको दफा ४ को उपदफा १ मा जरिवानासमेत तोकिएको छ । पहिलो पटक गुट्खाजन्य पदार्थको बिक्रीवितरण गरेको भेटिएमा थोक बिक्रेताका लागि रु १० हजार र अन्य व्यवसायीका लागि रु एक हजार ५०० जरिवाना तोकिएको छ । त्यस्तै दोस्रो पटक थोक बिक्रेताका लागि रु २० हजार र अन्य व्यवसायीका लागि रु दुई हजार रकम जरिवाना तोकिएको छभने तेस्रो पटक पनि भेटिएमा थोक बिक्रेताका लागि रु ५० हजार र अन्य व्यवसायीका लागि रु पाँच हजार रकम जरिवाना तोकिएको सो कार्यविधिमा उल्लेख छ । पछिल्लो समय नगरपालिकामा गुट्खाजन्य पदार्थको बिक्रीवितरण खुल्ला रुपमा हुँदै आएको स्थानीय बताउँछन् । सो बिक्रीवितरण गर्नेलाई जरिवाना पनि कार्यविधिमा मात्र सीमित भएको उनीहरूको गुनासो छ । जरिवानाभन्दा पनि सचेत गराउने कार्यले व्यवसायीमा अटेरिपन रहेको छ । शरीरलाई दीर्घकालीन रुपमा असर गर्ने यस्ता चीज विशेषगरी किराना पसलमा लुकाएर राखेको अवस्थामा प्रशस्तै भेटिन्छन् । तिलोत्तमा–१ शिवचोक टोल विकास संस्थाका अध्यक्ष तुलसी न्यौपानेले अन्य पालिकामा सजिलै पाइने भएकाले गुट्खा खाने, जथाभावी फाल्ने र जथाभावी थुक्ने क्रममा कमी आउन नसकेको उहाँले बताउनुभयो । टोल विकास अध्यक्ष न्यौपानेले सफा र स्वच्छ तिलोत्तमा गुट्खाको प्रयोग तथा जथाभावी थुक्दा त्यसको औचित्यमाथि प्रश्न उठेको र यसले सबैलाई लज्जित बनाएको बताउनुभयो ।

कार्यविधिको दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समितिमा वडाध्यक्ष संयोजक रहनेगरी व्यवस्था गरेको छ । वडा नं १ का वार्ड सञ्जाल अध्यक्ष डिल्लीराम कँडेलले भव्य कार्यक्रमबीच घोषणा गरे पनि अनुगमनमा एक पटक पनि सहभागी नगराएको गुनासो गर्नुभयो । नगरले घोषणा गरे पनि बिक्रीवितरण र सेवनमा कमी नआएको वडा नं १ का वडाध्यक्ष फर्सुराम गिरीको भनाइ छ । घोषणाताका अनुगमन अलि भए पनि पछिल्ला दिनमा भने अनुगमन एकदमै पातलो रुपमा भएको वडाध्यक्ष गिरी स्वीकार्नु हुन्छ । गिरीले पछिल्लो समय वडा नं १ को ड्राइभर टोल बजार क्षेत्र र हाटबजार क्षेत्रमा अनुगमन गर्दा सो पदार्थ नगण्य रुपमा बिक्रीवितरण गरेको भेटिएको बताउनुभयो । यसैगरी, वडा नं १७ का वडाध्यक्ष दानबहादुर चौधरीले विभिन्न क्षेत्रका व्यक्तिको व्यस्ततालाई बुझ्दै अनुगमन पातलो गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अनुगमन गर्ने टोलीमा बाल सञ्जालका विद्यार्थी पनि राख्नुपर्ने हुनाले भनेजस्तो छिटो अनुगमन गर्न सकिएको छैन् ।” सो क्रममा व्यवसायीलाई कारबाही नगरी सचेत मात्र गराएर छाडिएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।

विसं २०८० वैशाख २ गतेदेखि हालसम्म गुट्खाजन्य पदार्थको बिक्रीवितरण नियन्त्रणमा हालसम्म नगरका १३ भन्दा बढी पसललाई सचेत गराई जफत गरिएको नगर प्रहरीका इन्चार्ज नरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले हालसम्म ४१ पसललाई जरिवानासहित जफत गरिएको बताउनुभयो । हालसम्म गुट्खाजन्य पदार्थ जरिवानाबाट रु ८६ हजार ५०० राजस्व सङ्कलन भएको र त्यसैगरी, गुट्खाजन्य पदार्थ २०१ पोका तथा एक हजार ३५६ जफत गरिएको प्रहरी इन्चार्ज श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय नगरपालिकामा नगर प्रहरी थपिएसँगै गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा नियन्त्रण गर्न निरन्तर खटिने र अझ प्रभावकारी रुपमा अनुगमन गरिने नगर प्रहरी इन्चार्ज श्रेष्ठको भनाइ छ । नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाए पनि नगरभित्र बेचबिखनमा कमी आउन नसकेको नगरप्रमुख रामकृष्ण खाँण स्वीकार्नुहुन्छ । नगर प्रमुख खाँण भन्नुहुन्छ, “यसलाई पूर्ण रूपमा रोक्नका लागि टोल विकास समितिकै व्यक्तिलाई र विद्यार्थीलाई रसिद काट्न लगाउँछौँ, यसो गर्दा यो अवस्थामा धेरै सुधार आउने छ ।” पछिल्लो समय नगरपालिकामा १५ जना नगर प्रहरी थप गरिएसँगै २१ जना नगर प्रहरी भएको र अब भने अनुगमनमा कडाइ गर्ने नगरपालिकाले जनाएको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »