एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर : महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिनुभयो । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् ।

यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताउनुभयो । स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् । क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

‘लुटतन्त्र’ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्नु सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

Read More »

प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

मकवानपुर : बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग बिहीबार अपराह्न

Read More »

हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् । बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

Read More »

बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा चल्यो डोजर

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । आज (शुक्रबार) सरकारले बागमती करिडोरअन्तर्गत बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको हो । जिल्ला

Read More »

सबैको अन्तरमनमा करुणाको दीप बलोस् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताएका छन् ।  बुद्ध जयन्तीका अवसरमा

Read More »

मुख्यमन्त्री आचार्यद्वारा बुद्धजयन्तीको शुभकामना

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २५७० औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै सबैमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न आह्वान गरेका

Read More »