आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

किमाथाङ्का (सङ्खुवासभा) : जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् । यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिनुभयो । आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उहाँले बताउनुभयो । “हामीले उपचार मात्रै होइन, उपचारपश्चात् रु एक हजार ५०० खर्चसमेत उपलब्ध गराउँछौँ । खानबस्नको व्यवस्था मिलाइएको छ ।

यसबाट गत वर्ष छ जना र यस वर्ष १४ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ”, अस्पताल प्रमुख देवले बताउनुभयो । यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा यहाँको खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपालिका तथा मकालु र सभापोखरी गाउँपालिकाका एक÷एक जना लाभान्वित भएका छन् । शिविरमा २५ जनाको आङ खस्ने समस्या पहिचान भएको र बाँकीको चाँडै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ । अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् । यहाँ जिल्लाका १० स्थानीय तहमात्रै नभई छिमेकी जिल्ला भोजपुरका नागरिकले पनि सेवा लिने गरेका छन् ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »