आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

किमाथाङ्का (सङ्खुवासभा) : जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् । यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिनुभयो । आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उहाँले बताउनुभयो । “हामीले उपचार मात्रै होइन, उपचारपश्चात् रु एक हजार ५०० खर्चसमेत उपलब्ध गराउँछौँ । खानबस्नको व्यवस्था मिलाइएको छ ।

यसबाट गत वर्ष छ जना र यस वर्ष १४ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ”, अस्पताल प्रमुख देवले बताउनुभयो । यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा यहाँको खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपालिका तथा मकालु र सभापोखरी गाउँपालिकाका एक÷एक जना लाभान्वित भएका छन् । शिविरमा २५ जनाको आङ खस्ने समस्या पहिचान भएको र बाँकीको चाँडै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ । अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् । यहाँ जिल्लाका १० स्थानीय तहमात्रै नभई छिमेकी जिल्ला भोजपुरका नागरिकले पनि सेवा लिने गरेका छन् ।

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »