शुक्लागण्डकीमा स्वास्थ्य मन्त्री पौडेलद्वारा जिपीमा डायलासिस सेवा उद्घाटन

दमौली (तनहुँ), १८ वैशाख ।  यहाँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृगौला रोगीका लागि डायलासिस सेवा सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो सेवाको आज शुभारम्भ गर्नुभयो । लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा जिपी कोइराला लायन्स ‘हेमोडायलासिस युनिट’ स्थापना गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएका छन् ।

यसअघि तीन वटा उपकरणबाट डायलासिसको सफल परीक्षण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “पहिलो चरणमा एक सिफ्ट सञ्चालन गर्न लागेका छौँ । त्यसमा दैनिक पाँच जनालाई सेवा दिन सक्नेछाँै ।” डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइ सकिएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वास उपचार केन्द्र स्थापना गरेको थियो । शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा छ ।

अस्पतालमा तनहँुको शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका स्थानीय तहका बिरामीले सेवा लिने गरेका छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, ‘जनरल सर्जरी’, ‘इन्टरनल मेडिसिन’ सेवा प्रदान गरिरहेको छ ।

अस्पतालले केही समय अगाडिबाट ‘कल्चर’ सेवा पनि सुरु गरेको छ । अस्पतालमा बहिरङ्ग, आपत्कालीन, प्रयोगशाला, ‘भिडियो एक्सरे’, सामान्य शल्यक्रियालगायतका सेवा दिइरहेको छ ।

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »