ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान

वासिङ्टन डीसी । ट्रम्प प्रशासन र हार्वर्ड विश्वविद्यालयबिचको विवाद घट्ने कुनै संकेत छैन । ट्रम्प प्रशासनले अब हार्वर्ड विश्वविद्यालयलाई कुनै पनि नयाँ अनुदान नदिने घोषणा गरेको छ । नियमहरूको पालना नभएसम्म प्रतिबन्ध जारी रहने ह्वाइट हाउसल बताएको छ । शिक्षा मन्त्रालयले हार्वर्डका अध्यक्षलाई लेखेको पत्रमा कारबाहीको रूपरेखा बताइएको छ ।

ट्रम्प प्रशासनले हालै हार्वर्ड विश्वविद्यालयको लागि स्वीकृत २ खर्ब २० करोड डलरको अनुदान र ६ करोड डलरको सम्झौता रोकेको थियो । हार्वर्ड विश्वविद्यालयले राजनीतिक, वैचारिक र आतंकवादलाई समर्थन गर्ने विचारहरूलाई निरन्तर प्रवद्र्धन गरिरह्यो भने, यसको कर छुट खारेज समेत गरिने ट्रम्पले भनेका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, ‘यदि हार्वर्डले यसरी नै काम गरिरह्यो भने, यसलाई राजनीतिक संस्थाको रूपमा व्यवहार गरिनुपर्छ र कर लगाउनुपर्छ ।’

हार्वर्डले विश्वविद्यालयले जिम्मेवारी नदेखाएसम्म अनि कयौँ विषयमा संघीय मागहरू पूरा नगरेसम्म कुनै पनि नयाँ संघीय अनुदान प्राप्त नगर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले भनेका छन् । यो कुरा संघीय अनुदान अनुसन्धानमा लागू हुने बताइएको छ । अधिकारीहरूले हार्वर्डलाई चार क्षेत्रमा गम्भीर असफलताको आरोप लगाएका छन् । यसमा प्रत्यक्ष रूपमा यहूदी विरोधी भावना, जातीय भेदभाव, कठोरताको त्याग र दृष्टिकोणको विविधता समावेश थियो । नयाँ अनुदानको लागि योग्य हुन, हार्वर्डले संघीय सरकारसँग वार्ता सुरु गर्नुपर्नेछ र प्रशासनको मागहरू पूरा गरेको प्रमाणित गर्नुपर्नेछ ।

संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधनबारेका बहस कार्यक्रममा

Read More »

सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी

Read More »

सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद(डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको

Read More »

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »