सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले आगामी सुनुवाइलाई प्रक्रियासम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले सुनुवाइका लागि उजुरी दिने समयभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय छलफल महत्त्वपूर्ण हुने बताए ।

उनले प्रस्तावित पदाधिकारीहरूको योग्यता, क्षमता, कार्ययोजना र प्रतिबद्धताबारे नागरिकले स्पष्ट रूपमा जानकारी पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । सार्वजनिक रूपमा व्यक्त गरिएका प्रतिबद्धताले सम्बन्धित पदाधिकारीलाई भविष्यमा थप जिम्मेवार बनाउने उनको भनाइ छ ।

उनले भने, ‘आगामी सुनुवाइहरूलाई व्यवस्थित गरेर लैजाऔँ, प्रभावकारी बनाऔँ । हतारोमा नगरौँ, तर सुनुवाइ गर्दा एउटा प्रक्रियासम्मत ढङ्गले, पारदर्शी ढङ्गले गर्नुपर्छ । मैले यो भन्दा अगाडि पनि भने बहुमत प्राप्त दलको संसदीय नेता प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, राज्यका ३ अङ्गका प्रमुखहरू भएको एउटा विशिष्ट नेतृत्वले गरेको निर्णयलाई हामीले सुनुवाइ गर्दैछौँ ।

हाम्रो नयाँ अभ्यास पनि हो नेपालको हकमा, यो अभ्यासलाई एक–दुई पटक राम्रोसँग अभ्यास गरिएको पनि छ ।’ उनले अमेरिकालगायतका मुलुकमा हुने संसदीय सुनुवाइको उदाहरण दिँदै योग्य उम्मेदवारको क्षमता र प्रतिबद्धता सार्वजनिक रूपमा परीक्षण हुने अभ्यासबाट नेपालले पनि सिक्नुपर्ने बताए ।

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

काठमाडाैं, २५ असाेज । आज बडादसैँको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिनदेखि नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा सुरु हुन्छ। यस दिनको धार्मिक,

Read More »

भारतमा हिंसा भड्काउने योजना असफल भएको सम्बित पात्राको दाबी

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता तथा लोकसभा सांसद् सम्बित पात्राले भारतमा आगजनी र हिंसा गराउने योजना असफल भएको दाबी गरेका छन्। शनिबार

Read More »

चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस

काठमाडौं, २३ असोज । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ । प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गतिविधिबारे गोप्य सुरक्षा सूचना चुहाएको

Read More »

कांग्रेस महाधिवेशन : मतदान जारी, ढुक्क भएर मतदान गर्न गगनको अपिल

काठमाडौँ, २२ असोज।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया जारी छ। निर्धारित समयभन्दा प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो भएपछि नेपाली

Read More »

चाडपर्वमा ललितपुरमा सुरक्षा कडा : १ हजार ३४९ प्रहरी परिचालन

काठमाडौं २१ असोज। चाडपर्वको समयमा हुनसक्ने चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

Read More »

राठौरले उम्मेदवारी फिर्ता लिए, सभापतिमा गगनलाई समर्थन

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने भएका छन् ।  जारी १५औं महाधिवेशनअन्तर्गत उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा सभापतिमा उम्मेदवारी दिएका

Read More »