सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुँदै

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा ५ अर्ब ६० करोड रुपैयाँ वैदेशिक लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुने भएको छ। जापानको लगानीमा स्थापना हुन लागेको हिमालयन एभरेष्ट वाटर प्रा.लि.को उद्योगको आज शिलान्यास गरिएको हो।

नगरपालिकालाई आर्थिक रूपमा सबल, समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्यसहित अघि बढाइएको उक्त आयोजनाबाट वार्षिक १० करोड ८० लाख लिटर पानी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखिएको छ।

आयोजना सञ्चालनमा आएपछि सोलुदुधकुण्ड नगरपालिकाले वार्षिक १० करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम, वातावरण संरक्षण र पानीका स्रोतहरूको दिगो व्यवस्थापनमा समेत योगदान पुग्ने जनाइएको छ।

आयोजनाबाट नेपाल सरकारले प्रचलित कानुनअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र रोयल्टीसमेत प्राप्त गर्नेछ। एउटै उद्योगबाट नगरपालिकाले वार्षिक करिब ११ करोड रुपैयाँ राजस्व प्राप्त गर्ने अपेक्षा गरिएकाले यसलाई स्थानीय आर्थिक विकासको महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ।

आयोजना सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। विशेषगरी स्थानीय रोजगारी, पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारमा यसले सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

नगरपालिकाको आर्थिक समृद्धि र आत्मनिर्भरताको लक्ष्यलाई सघाउने अपेक्षा गरिएको उक्त आयोजना सोलुदुधकुण्डको आर्थिक विकासमा नयाँ सम्भावनाको रूपमा अघि सारिएको छ।

पत्नी सविना काफ्लेसहित मुस्ताङमा प्रधानमन्त्री बालेन

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन पत्नी सविना काफ्लेसहित मुस्ताङ पुगेका छन् ।  भारतको दुई दिने राजकीय भ्रमण पूरा गरेर सोमबार साँझ स्वदेश

Read More »

सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुँदै

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा ५ अर्ब ६० करोड रुपैयाँ वैदेशिक लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुने भएको छ। जापानको लगानीमा स्थापना हुन लागेको हिमालयन एभरेष्ट

Read More »

अयोध्याबाट करिब एक हजार यात्रु बोकेर जनकपुर आइपुग्यो रेल

काठमाडौं, ८ मंसिर । भारतको अयोध्याबाट करिब एक हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ।जनकपुर रेल्वे स्टेसनमा मंगलबार उनीहरूको स्वागत गरिएको छ।  मधेश

Read More »

एल निनोले निम्त्याउँदैछ हिमालयमा हिमपहिरो, नेपालसहित ४ देशमा बाढीको खतरा !

काठमाडौं, ८ मंसिर । एल निनोको प्रभाव अझ बलियो हुँदा हिन्दुकुश-हिमालय क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुन सक्छ। यसका कारण हिउँदको समयमा भारत र नेपालका विभिन्न

Read More »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काटमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैँछ ।  पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक मंसिर ८ गते मंगलबार दिउँसो १:०० बजे बी. पी. स्मृति भवन,

Read More »

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनको प्रशंसा गरे । ‘संयुक्त राष्ट्रसंघमा नेपालका प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधनले उनलाई दूरदर्शी  नेताका रूपमा हेरेको

Read More »