प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

काठमाडौं, ७ मंसिर । नेपाल र भारतबीच विभिन्न आठवटा विकासका परियोजना र समझदारी भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनको प्रशंसा गरे । ‘संयुक्त राष्ट्रसंघमा नेपालका प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधनले उनलाई दूरदर्शी  नेताका रूपमा हेरेको थिएँ । भारत भ्रमणका सन्दर्भमा केही समय प्रधानमन्त्री बालेनसँग बस्दा उनको नेपाल (भारत सम्बन्धबारे स्पष्ट दृष्टिकोण रहेको पाएँ,’ मोदीले भने ।

सोही क्रममा मोदीले नेपालको पुनर्निर्माण र विकासका लागि २.४० खर्ब सहयोग गर्ने घोषणा गरे । गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै उनले नेपालको पुनर्निर्माण र विकासमा नयाँ ऊर्जा थप्न सहयोग प्याकेज घोषणा गरिएको बताए।  

‘नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र होइन, यो आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो। हाम्रो खुसी र चुनौती दुवै साझा छन्,’ मोदीले भने, ‘हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा हौँ।’

भारतले नेपाललाई पेट्रोलियम पदार्थ, रासायनिक मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखेको उल्लेख गर्दै मोदीले नेपालको विकास र समृद्धिमा भारत साझेदारका रूपमा अघि बढ्ने बताए।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीद्वारा महाकाली नदीमाथि बनेको दार्चुला र धार्चुलालाई जोड्ने ११० मिटर लम्बाइको मोटरेबल पुलको उद्घाटन, कञ्चनपुरको सीमा क्षेत्र बनबासा नाकामा एकीकृत जाँच चौकीको शिलान्यास, मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन, झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइनको शिलान्यास, ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको शिलान्यास, जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन गरिएको थियो ।

नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको प्रशिक्षण, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनको प्रशंसा गरे । ‘संयुक्त राष्ट्रसंघमा नेपालका प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधनले उनलाई दूरदर्शी  नेताका रूपमा हेरेको

Read More »

प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता, ६ परियोजनाको उद्घाटन/शिलान्यास

काठमाडौँ, ७ मंसिर । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुने

Read More »

आजको मौसम: काेशीमा बादल लागे पनि अन्यत्र दिन घमाइलाे हुने

काठमाडौँ, ७ मङ्सिर । हाल नेपालमा पश्चिमी वायुका साथै बिहारको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम

Read More »

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

‎काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत

Read More »

प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख

Read More »

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको

Read More »