आजको मौसम: काेशीमा बादल लागे पनि अन्यत्र दिन घमाइलाे हुने

काठमाडौँ, ७ मङ्सिर । हाल नेपालमा पश्चिमी वायुका साथै बिहारको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराई क्षेत्रका साथै देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति भने कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनको प्रशंसा गरे । ‘संयुक्त राष्ट्रसंघमा नेपालका प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधनले उनलाई दूरदर्शी  नेताका रूपमा हेरेको

Read More »

प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता, ६ परियोजनाको उद्घाटन/शिलान्यास

काठमाडौँ, ७ मंसिर । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुने

Read More »

आजको मौसम: काेशीमा बादल लागे पनि अन्यत्र दिन घमाइलाे हुने

काठमाडौँ, ७ मङ्सिर । हाल नेपालमा पश्चिमी वायुका साथै बिहारको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम

Read More »

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

‎काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत

Read More »

प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख

Read More »

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको

Read More »