प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता, ६ परियोजनाको उद्घाटन/शिलान्यास

काठमाडौँ, ७ मंसिर । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुने भएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

भारत भ्रमणका क्रममा नेपाल र भारतबिच विभिन्न सम्झौतामा हस्ताक्षर, नयाँ परियोजनाको उद्घाटन तथा जनकपुर–अयोध्याबिच सिधा रेल सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी मोदीसँग द्विपक्षीय संवादमा करिब एक घण्टा बिताउने तालिका छ। प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भेटवार्ताका लागि सोमबार बिहान ११ बजे हैदरावाद हाउस पुग्नेछ। पाँच मिनेटको ‘फोटो सेसन’ पछि द्विपक्षीय भेटवार्ता सुरु हुनेछ। भारतले उपलब्ध गराएको कार्यतालिकाअनुसार उक्त भेटवार्ता हैदरावाद हाउसको नीलगिरी हलमा हुनेछ।

दुईदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले आइतबार ताजमहल होटलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटघाट गरेका थिए। सो भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री तहमा हुने तीन चरणको वार्तापछि दुई देशबिच समझदारीपत्र आदानप्रदान हुनेछ। त्यसक्रममा विभिन्न ६ वटा परियोजनाको भर्चुअल माध्यमबाट उद्घाटन र शिलान्यास गर्ने तयारी छ। जसमा अयोध्या-जनकपुर रेल सेवा शुभारम्भ तथा दार्चुलामा निर्मित मोटरेबल पुलको उद्घाटन गरिनेछ।

यसैगरी, भारततर्फ उत्तराखण्डको बनवासामा एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास तथा नेपालतर्फ दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माण प्रगतिको अवलोकन दुवै प्रधानमन्त्रीले गर्नेछन्। ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास र झापामा निर्माण हुने पेट्रोलियम पदार्थ भण्डारण टर्मिनल निर्माणको शुभारम्भसमेत गरिनेछ। साथै, निर्माण सम्पन्न भएको दोस्रो चरणको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना नेपाललाई हस्तान्तरण गरिनेछ।

परियोजनाको उद्घाटन तथा हस्तान्तरणपछि दुवै प्रधानमन्त्रीले हैदरावाद हाउसमै संयुक्त रूपमा प्रेसलाई सम्बोधन गर्नेछन्। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह नेतृत्वको नेपाली टोलीका लागि हैदरावाद हाउसमै दिवा भोजको आयोजना गरेका छन्।

दुवै पक्षबिच उपहार आदानप्रदान भएपछि प्रधानमन्त्री शाह अपराह्न २ बजेर २५ मिनेटमा हैदरावाद हाउसबाट बाहिरिनेछन्। मानसिंह रोडस्थित ताजमहल होटलमा केहीबेर विश्राम गरेपछि उनी अपराह्न ३ बजेर १५ मिनेटमा राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्न राष्ट्रपति भवन पुग्ने कार्यतालिका रहेको छ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनको प्रशंसा गरे । ‘संयुक्त राष्ट्रसंघमा नेपालका प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधनले उनलाई दूरदर्शी  नेताका रूपमा हेरेको

Read More »

प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता, ६ परियोजनाको उद्घाटन/शिलान्यास

काठमाडौँ, ७ मंसिर । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुने

Read More »

आजको मौसम: काेशीमा बादल लागे पनि अन्यत्र दिन घमाइलाे हुने

काठमाडौँ, ७ मङ्सिर । हाल नेपालमा पश्चिमी वायुका साथै बिहारको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम

Read More »

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

‎काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत

Read More »

प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख

Read More »

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको

Read More »