काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यसअघि भारत जाने सूचीमा श्रेष्ठको पनि नाम समावेश थियो । सोहीअनुसार व्यवस्था गरिएको थियो । परराष्ट्र मन्त्रालयले ऊर्जामन्त्री श्रेष्ठसँग सबै विवरण संकलन पनि गरेको थियो । तर एकाएक प्रधानमन्त्रीसँग दुईजना मात्रै मन्त्री जाने भन्दै उनको नाम हटाइयो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेनको भारत भ्रमण स्वीकृत गर्दै उनी स्वदेश नफर्केसम्म चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
श्रेष्ठ २५ घन्टका लागि कार्यवाहक प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री बालेन आइतबार दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।








