प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने 





काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदी को औपचारिक निमन्त्रणामा आजदेखि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्रीको पदभार सम्हालेयता उनकाे यो पहिलो औपचारिक भारत भ्रमण हो । नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका प्रमुख कार्यक्रमहरू तय भइसकेका छन । 

जसअनुसार  पहिलो दिन प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन भने सोही दिन साँझ ६ बजे नयाँ दिल्लीस्थित ताजमहल होटेलमा भारतीय विदेशमन्त्री एस. जयशंकर ले उनकाे  शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेकाे छ । यसपछिका कार्यक्रमका बारेमा कुनै जानकारी दिइएकाे छैन् ।

भ्रमणकाे दोस्रो दिन सोमबार बिहान राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटवार्तापछि उनले राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन । त्यसपछि नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।

द्विपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन तथा प्रधानमन्त्री मोदीले आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन ।  दिउँसो ३:१५ बजे उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन । र सोही दिन साँझ ४:५० बजे स्वदेश फर्कने तालिका रहेको छ ।

भ्रमण दलमा सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत सहभागिता रहनेछ । प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन ।

यस राजकीय भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने र भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ । द्विपक्षीय वार्ताका मुख्य प्राथमिकतामा अनुसार आर्थिक सहकार्य र लगानीका लागि व्यापार, वाणिज्य तथा लगानी प्रवर्द्धनसँगै नेपाल–भारत बिजनेस फोरममार्फत भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने विषय, ऊर्जा तथा जलस्रोत सहकार्य, सीमापार सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटीसम्बन्धी परियोजनाहरूको समीक्षा हुनेछ भने स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता उदीयमान क्षेत्रमा सहकार्य विस्तारका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुने प्रारम्भिक जानकारी दिइएकाे छ ।

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

‎काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत

Read More »

प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख

Read More »

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको

Read More »

. सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउन चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै

चितवन, काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने, सुरक्षित तथा गुणस्तरीय आवास निर्माणलाई प्रोत्साहन गर्ने र स्वदेशमै लगानी तथा व्यावसायिक अवसरको

Read More »

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने 

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदी को औपचारिक निमन्त्रणामा आजदेखि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको पदभार सम्हालेयता

Read More »

मेयर दिपक रिसालको पहलमा २७ करोड बजेट प्राप्त

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयबाट २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

Read More »