शिक्षामा बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका बन्यो बूढानीलकण्ठ नगरपालिका

काठमाडौं । प्रधानाध्यापक एशोसिएसन नेपाल (पान) द्वारा गठित स्वतन्त्र विज्ञ मूल्याङ्कन समितिले बूढानीलकण्ठ नगरपालिकालाई शिक्षा क्षेत्रतर्फ बागमती प्रदेशकै उत्कृष्ट नगरपालिकाका रूपमा घोषणा गरेको छ।
‎
‎प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित विज्ञ समितिले नगरपालिकाले शिक्षा क्षेत्रमा सञ्चालन गर्दै आएका शैक्षिक सुधारका प्रयास तथा उपलब्धिहरूको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको हो।
‎
‎नगरपालिकाले शिक्षक बैंक, सघन शिक्षण–सिकाइ सेसन, कार्यसम्पादन करार, रोजगार तथा वृत्ति मार्गदर्शन मेला, रमाइलो शुक्रबार, शिक्षक सम्मेलन तथा विद्यार्थी सशक्तीकरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। यिनै रचनात्मक प्रयास तथा शैक्षिक उपलब्धिहरूलाई मूल्याङ्कनको आधार बनाइएको जनाइएको छ।
‎
‎यस गौरवपूर्ण उपलब्धिप्रति खुसी व्यक्त गर्दै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण टोली, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
‎
‎शिक्षा क्षेत्रमा नगरपालिकाले गर्दै आएका निरन्तर प्रयास र सुधारका कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा यस सम्मानलाई लिइएको छ।

काठमाडौँको ७ करोड लगानीमा धुलिखेलमा बन्दैछ भव्य मैत्री पार्क, तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । काठमाडौँको लगानीमा अब धुलिखेलमा सुविधासम्पन्न मैत्री पार्क निर्माण हुने भएको छ। करिब सात करोड रुपैयाँ खर्च गरेर तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काठमाडौँ

Read More »

शिक्षामा बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका बन्यो बूढानीलकण्ठ नगरपालिका

काठमाडौं । प्रधानाध्यापक एशोसिएसन नेपाल (पान) द्वारा गठित स्वतन्त्र विज्ञ मूल्याङ्कन समितिले बूढानीलकण्ठ नगरपालिकालाई शिक्षा क्षेत्रतर्फ बागमती प्रदेशकै उत्कृष्ट नगरपालिकाका रूपमा घोषणा गरेको छ।‎‎प्रा. डा.

Read More »

पत्नी सविना काफ्लेसहित मुस्ताङमा प्रधानमन्त्री बालेन

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन पत्नी सविना काफ्लेसहित मुस्ताङ पुगेका छन् ।  भारतको दुई दिने राजकीय भ्रमण पूरा गरेर सोमबार साँझ स्वदेश

Read More »

सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुँदै

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा ५ अर्ब ६० करोड रुपैयाँ वैदेशिक लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुने भएको छ। जापानको लगानीमा स्थापना हुन लागेको हिमालयन एभरेष्ट

Read More »

अयोध्याबाट करिब एक हजार यात्रु बोकेर जनकपुर आइपुग्यो रेल

काठमाडौं, ८ मंसिर । भारतको अयोध्याबाट करिब एक हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ।जनकपुर रेल्वे स्टेसनमा मंगलबार उनीहरूको स्वागत गरिएको छ।  मधेश

Read More »

एल निनोले निम्त्याउँदैछ हिमालयमा हिमपहिरो, नेपालसहित ४ देशमा बाढीको खतरा !

काठमाडौं, ८ मंसिर । एल निनोको प्रभाव अझ बलियो हुँदा हिन्दुकुश-हिमालय क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुन सक्छ। यसका कारण हिउँदको समयमा भारत र नेपालका विभिन्न

Read More »