बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

काठमाडौँ : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बद्रीनारायण धामको आज अवलोकन गरेपछि उहाँले सहयोग गर्र्नेे प्रतिबद्धता व्यक्त गर्नुभएको हो । “बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको थियो, यसलाई निरन्तरता दिन ध्यान दिनेछु,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

समाजका हरेक व्यक्तिले बद्रीनारायण धामको विकास र विस्तारमा लाग्नुपर्ने उहाँको भनाइ थियो । धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्नसमेत उहाँले आग्रह गर्नुभयो । समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ थियो । धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधनबारेका बहस कार्यक्रममा

Read More »

सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी

Read More »

सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद(डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको

Read More »

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »