कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न निर्देशन

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिनुभएको छ । मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको हो । बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीन विद्युत् टावर निर्माण हुन नसकेपछि आयोजना निर्माणका क्रममा भइरहेको ढिलाइका बारेमा मन्त्री खड्काले चासो राख्नुभएको हो । “स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनूहोस्”, मन्त्री खड्काले भन्नुभयो ।

उहाँले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुनर्वासको सुनिश्चितता गर्नसमेत निर्देशन दिनुभयो । भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयवासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराउनुभयो । उक्त क्षेत्रमा तीनवटा विद्युत् टावर बन्न बाँकी रहेको उहाँको भनाइ थियो । विक्रम संवत् २‎‎०७७ भदौमा सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्ट खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भए पनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाइ भएको थियो ।

सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी

Read More »

सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद(डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको

Read More »

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »