मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर

भीमफेदी (मकवानपुर) : राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी

Read More »

सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद(डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको

Read More »

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »