परिवर्तन अभियान नेपालद्वारा उपत्यकाका स्ववियु सभापतिहरूलाई सम्मान

काठमाडौँ । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए । २००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए ।‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्नसक्छ । अफ्ठ्याराहरु हुनसक्छन् । अन्ततः नेतृत्व नयाँ विषयहरु ल्याउनेहरुकै पक्षमा जान्छ । नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ । तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन,’ उनले भने । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक  मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी आन्दोलनले अब आफ्नो दलले गरेको गलत निर्णयमा समेत खबरदारी गर्नुपर्ने बेला आएको बताए ।

‘राजनीतिक दल, अझ तपाईँहरुको मातृ पार्टीले गरेको निर्णय कार्यान्वयन नभए खबरदारी गर्नुपर्छ कि पर्दैन ? खबरदारी गर्ने कसले हो ? तपाईँहरुले होइन ? तपाईँहरु के हेरेर बस्नुभएको छ खबरदारी गर्नुपर्दैन ?,’ उनले भने । हरेक दलका भ्रातृ संगठनले माउ पार्टीले गरेको गलत निर्णयमा खबरदारी गर्नुपर्ने बेला आएकोमा जोड दिए । साथै पछिल्लो समय केही भएन भन्दै युवाहरुमो निराशाको बिजारोपण गर्ने प्रवृत्ति बढिरहेको भन्दै त्यसलाई चिर्न समेत विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सांसद एवं पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले विद्यार्थी संगठनहरुले मातृ पार्टीलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । साथै आफूहरु विद्यार्थी रहँदा गरेको संघर्ष स्मरण गर्दै आगामी आगामी पुस्ताले त्यसकै जगमा निर्माण भएको वर्तमान व्यवस्थाको रक्षा गर्नुपर्ने बताए ।

यता नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बाँनियाले अब देशको नेतृत्व गर्न पछिल्लो पुस्ता सक्षम रहेको प्रकाश पारे । साथै उनले वर्तमान समयमा देशमा केही हुँदैन भनेर फैलाइएको निराशालाई वर्तमान पुस्ताले चिर्नुपर्ने बताए । अखिल क्रान्तिकारीकी पूर्व अध्यक्ष पञ्चा सिंहले समयअनुकूल विद्यार्थी राजनीति र परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले ००७ सालदेखि अहिलेसम्मको व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकाबारे प्रष्ट पारे । त्यस्तै अहिलेको अवस्थामा विद्यार्थी राजनीतिले नै केन्द्रीय राजनीतिलाई मार्गनिर्देश गरेको बताए ।

‘हामीले हरेक आन्दोलनलाई केलाएर हेर्ने हो भने विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण थियो, छ र हुनेछ । त्यति मात्र होइन हरेक समयमा देशको केन्द्रीय राजनीतिलाई विद्यार्थी राजनीतिले नै गाइड गरेको देखिन्छ,’ भट्टले भने । कार्यक्रममा राजनीतिक विश्लेषक पिताम्बर भण्डारी , सविन तामाङ लगायतले आफ्नो बिचार राखेका थिए । आजको कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसबाट निर्वाचित स्ववियु सभापतिहरुलाई सम्मान गरिएको थियो । काठमाडौंका विभिन्न क्याम्पसका करिब २ दर्जन स्ववियु सभापतिहरुलाई सम्मान गरिएको अध्यक्ष भट्टले जानकारी दिए । परिवर्तन अभियान नेपालले यसअघि पनि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी

Read More »

सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद(डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको

Read More »

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »