लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो : मन्त्री भण्डारी

विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो भएको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ मन्त्रालयद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले लोकतन्त्र स्थापना र सुदृढीकरणका पक्षमा उल्लेख्यनीय योगदान रहेको पत्रकारिता क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको विद्यमान अवस्थामा आमसञ्चार क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन पत्रकार जगत्बाट सरकारलाई रचनात्मक सुझाव प्राप्त हुने अपेक्षा गर्नुभयो । आमजनतामा भ्रम सिर्जना गरेर लोकतन्त्रलाई कमजोर बनाउने प्रपञ्च मुलुकमा भइरहेको उल्लेख गर्दै उहाँले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउन अनुरोध गर्नभयो ।

मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र पत्रकारिता क्षेत्रको भविष्य सुनिश्चत हुने प्रसङ्ग उल्लेख गर्दै पत्रकारको हकहितका पक्षमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘विश्वसनीय सूचनाको अधिकार ः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ मनाइको पत्रकारिता दिवसका अवसरमा आयोजित सो कार्यक्रममा स्वतन्त्र पत्रकार यज्ञ शर्माले ‘पत्रकारिताको समस्या र समाधानका विषय’मा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी

Read More »

सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद(डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको

Read More »

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »