भारत–पाकिस्तान लडाइमा ४४ जनाको मृत्यु

इस्लामबाद, २५ वैशाख । भारतको सिन्दुर अप्रेसनमा परी दुवैतर्फ गरी ४४ जनाको मृत्यु भएको छ ।

पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा कम्तिमा ३१ जना पाकिस्तानी तथा भारतले पनि पाकिस्तानबाट भएको सीमापार आक्रमणमा एक सैनिकसहित १३ जनाको ज्यान गएको जनाएको छ ।

भारतले अप्रिल ७ को रातमा गरेको अचानक आक्रामणपछि दर्जनौं पाकिस्तानी घाइते भएका छन् । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले भने, ‘हामी हाम्रा निर्दोष सहिदहरूको रगतको बदला लिने छौँ ।’

पाकिस्तानी संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री शहबाज शरिफले भारतको आक्रमणमा पाकिस्तानको सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दावी गरेका छन् । पाकिस्तानले मस्जिद र सर्वसाधारणलाई आक्रमण गरेको भन्दै अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिएको छ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले देशको सशस्त्र बललाई भारतको आक्रमणको जवाफ दिन अधिकार दिइसकिएको छ । उसले आफ्नो रोजाइको समय, स्थान र तरिकामा जवाफ दिने अधिकार पाकिस्तान सशष्त्र बलसँग सुरक्षित रहेको समेत बताएको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इस्लामाबादले भारतसँग चौतर्फी युद्धबाट बच्न खोजिरहेको तर त्यसका लागि तयार रहनुपर्ने बताएका छन् ।

उता, भारतले आफ्नो हमलाले ‘आतंकवादी’ तालिम स्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

साथै, बेलायत, फ्रान्स, जर्मनी, इरान, टर्किए, कतार र युएईलगायत विश्व शक्तिहरूले दुवै आणविक शक्ति सम्पन्न राष्ट्रहरूलाई संयम देखाउन र कूटनीतिमा फर्कन आग्रह गरेका छन् ।

इरानले शान्ति वार्ताको लागि मध्यस्थता गर्ने प्रस्ताव राखेको छ र इरानका विदेशमन्त्री अब्बास अराघचीले गत दिन भारत र पाकिस्तान दुवैसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

भारत र पाकिस्तान प्रशासित कश्मीरलाई विभाजन गर्ने लाइन अफ कन्ट्रोलमा तोपखानाको गोलाबारीको भारी आदानप्रदान भएको रिपोर्ट गरिएको छ ।

सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी

Read More »

सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद(डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको

Read More »

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »