तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबिच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उनले बताए ।

“बजेट निर्माणमा सधैँ हामीले त्रुटी गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहोर्‍याउने हो भने सङ्घीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ”, उनले भने । मुख्यमन्त्री शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले कार्यसूची प्रस्तुतिसहित स्वागत मन्तव्य राखे । अन्तरक्रियामा विभागीय मन्त्री, विषयगत समिति सभापति, प्रदेशसभा सदस्य, मुख्यसचिव, विभागीय सचिव र सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »