लेखकहरू विचार उत्पादनका केन्द्र हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्रहरू भएको बताउँदै हरेक स्रष्टाले आफ्नो सिर्जनाका माध्यमबाट नविन चिन्तन गरिरहने उल्लेख गरेका छन् । नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई राष्ट्रपति कार्यालयमा बुधबार आयोजित बधाई तथा शुभकामना दिँदै राष्ट्रपति पौडेलले लेखक स्वयंमा सत्ता, संगठन र विचार सहितको अभियान भएको बताए ।

देशभरका ३ सय १ प्रतिनिधि सहभागी संघको चैत १६ र १७ गते लुम्बिनीमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको थियो । उक्त नवनिर्वाचित कार्य समितिलाई राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिएका हुन् । ‘यस्तो गरिमामय नेपाली लेखक संघको नवनिवार्चित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपति पौडेलको भनाइ छ ।

कार्यक्रममा नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिका अध्यक्ष वियोगी बुढाथोकी, सहअध्यक्ष  मनोज न्यौपाने, उपाध्यक्षहरु डा. शशी थापा पण्डित, डा. विष्णु केसी, उपमहासचिव नारायण सापकोटा केन्द्रिय सदस्यहरु महेन्द्र वाग्ले, इन्द्र लम्साल, सन्तोष बोहरा, शोभा अधिकारी, इन्दिरा निरौला, राजन बस्नेतसँगै संघका सल्लाहकारहरु ड.विष्णुविभु घिमिरे ,सन्ध्या पहाडी, शेखर गिरी लगायतको उपस्थिति रहेको थियो ।

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »