लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं लोकतान्त्रिक आन्दोलनका योद्धा तीर्थराम डङ्गोलको निधनले सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । स्व नेता डङ्गोलको १३औँ पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले आज आयोजना गरेका श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले सादगी एवम् कर्मठ योद्धाको निधनले पार्टीका लागि मात्रै नभई सिङ्गो देश र समाजका लागि ठूलो क्षति भएको बताउनुभयो । उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा नेता डङ्गोलले निर्वाह गर्नुभएको भूमिका पार्टीले कदापी नबिर्सिने उल्लेख गर्दै नेता डङ्गोलको त्याग, सङ्घर्ष, अनुभव, जीवनशैली र समपर्णलाई समेटेर उपयोगी र सान्दर्भिक कृति प्रकाशित गर्न सुझाव दिनुभयो । नेता डङ्गोलसँगको लामो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, “पार्टीका त्यागी एवं निष्ठावान् नेताको असामयिक निधनले पार्टीलाई गहिरो क्षति पुगेको छ । उहाँको विचार र आदर्शलाई आत्मसात् गरिकन पार्टीलाई सुदृढ र एकताबद्ध ढङ्गबाट अघि बढाउने प्रतिबद्धतासहित नेता डङ्गोललाई स्मरण गरौँ ।” कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरल, कुशल र सालीन स्वभावका नेता डङ्गोलको निधनले पार्टीलाई मात्र नभई राष्ट्रलाई नै क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “कठिन एवं प्रतिकूल अवस्थामा पनि पार्टीलाई जोगाउँदै अघि बढाउन कांग्रेस नेता डङ्गोलको अतुलनीय योगदान रहेको छ ।

उहाँ एक सादगी, आदर्शवान्, सच्चा र त्यागी राजनीतिज्ञ हुनुहुन्थ्यो ।” कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले डङ्गोलजस्ता स्वच्छ छवि भएका आदर्शवान् एवं लोकतान्तत्रिक आन्दोलनका अथक योद्धाको असामयिक निधनले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्व डङ्गोलको सरल, आदर्शवादी र आचरणयुक्त व्यक्तित्वलाई सबैले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस नेता एवं पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले स्व डङ्गोलको आदर्श र जीवनशैलीलाई आत्मसात् गरी सदैव देश र जनताका पक्षमा समर्पित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कांग्रेसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले इमानदारिता र आचरणको खडेरी परेको समयमा एक निष्ठावान् एवं सादगी नेताको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र केसीले सरल र इमान्दार नेता डङ्गोलको निधनले कांग्रेसको मात्र नभई काठमाडौँको अभिभावक गुमाएको बताउनुभयो । कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले डङ्गोल सरल र सालीन व्यक्तित्व तथा जुनसुकै आन्दोलमा नेतृत्वदायी भूमिकामा रहेर योगदान गरेको भन्दै उहाँले देखाएको बाटोलाई अनुशरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेता दामोदर गौतम, ललितपुर कांग्रेसका सभापति जीतेन्द्रकुमार श्रेष्ठलगायतले डङ्गोलको निधनबाट कांग्रेसले आदर्श व्यक्तित्व गुमाएको बताउनुभयो । स्व डङ्गोलकी धर्मपत्नी तेजमाया डङ्गोलले सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । काठमाडौँ कांग्रेसका पूर्वसभापति एवं प्रजातान्त्रिक योद्धा डङ्गोलको ७७ वर्षको उमेरमा यही वैशाख १२ गते निधन भएको थियो । विसं २००४ मा काठमाडौँमा जन्मनुभएका उहाँ कांग्रेस काठमाडाँैको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुखसमेत हुनुहुन्थ्यो । नेपाली राजनीतिमा जुझारू नेताका छवि बनाउनुभएका डङ्गोल विसं २०६२÷६३ को जनआन्दोलनमा काठमाडौँको कमाण्डरका रूपमा खटिनुभएको थियो । नेता डङ्गोलका नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पु¥याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

समस्या राख्न फोन गर्दा गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा

Read More »

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »