नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आज सांसदहरुलाई ह्विप जारी गर्नुभएको हो ।

“आर्थिक वर्ष २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २०८२ वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ,” उहाँले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा

Read More »

जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित  जनअभियान सञ्चालन गरिएको बताएका छन् ।  उनले स्थानीयतालाई संरक्षण

Read More »

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ

Read More »

जनकपुरधाम भन्सारबाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा

Read More »

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित

Read More »

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

परवानीपुर (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज

Read More »