संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण सम्पदा र स्थलहरूको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को आज उद्घाटन गर्नुहुँदै आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताउनुभयो । ‘घुम्न जाऔँ बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ जस्ता कार्यक्रम यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो । उहाँले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको जानकारी दिनुभयो । यसैगरी, मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै समाजमा बढ्दो अराजकताको अन्त्यका लागि असल संस्कार, संस्कृति र मूल्य–मान्यताहरूको जगेर्ना गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

“मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको हामीले धर्म, नैतिकता र संस्कृति भुल्यौँ । यिनै कारणले आजका युवाहरू अराजकतातिर धकेलिएका छन्,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यसैलाई आत्मसात् गरी प्रदेश सरकारले यी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।” मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राख्नुभयो । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उहाँले प्रदेशअन्तर्गतका जिल्लाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व दर्शाउँदै रुरुक्षेत्रको शालग्रामलाई विश्वजगत्मा पु¥याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पार्नुभयो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाणिनि ऋषिको जन्मस्थलसहित संस्कृत व्याकरण लेखनस्थान पाणिनि तपोभूमिलगायत प्रदेशभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एकापसमा जोड्ने गरी बृहत् योजना अघि बढाएको जानकारी दिनुभयो ।

नेपालका चार प्रमुख धार्मिक धामहरूमध्येको रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ का अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो । ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवबाट स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारसहित पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । विविध धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कार्यक्रमहरू समावेश गरिएको सो महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »