संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण सम्पदा र स्थलहरूको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को आज उद्घाटन गर्नुहुँदै आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताउनुभयो । ‘घुम्न जाऔँ बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ जस्ता कार्यक्रम यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो । उहाँले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको जानकारी दिनुभयो । यसैगरी, मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै समाजमा बढ्दो अराजकताको अन्त्यका लागि असल संस्कार, संस्कृति र मूल्य–मान्यताहरूको जगेर्ना गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

“मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको हामीले धर्म, नैतिकता र संस्कृति भुल्यौँ । यिनै कारणले आजका युवाहरू अराजकतातिर धकेलिएका छन्,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यसैलाई आत्मसात् गरी प्रदेश सरकारले यी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।” मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राख्नुभयो । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उहाँले प्रदेशअन्तर्गतका जिल्लाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व दर्शाउँदै रुरुक्षेत्रको शालग्रामलाई विश्वजगत्मा पु¥याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पार्नुभयो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाणिनि ऋषिको जन्मस्थलसहित संस्कृत व्याकरण लेखनस्थान पाणिनि तपोभूमिलगायत प्रदेशभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एकापसमा जोड्ने गरी बृहत् योजना अघि बढाएको जानकारी दिनुभयो ।

नेपालका चार प्रमुख धार्मिक धामहरूमध्येको रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ का अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो । ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवबाट स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारसहित पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । विविध धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कार्यक्रमहरू समावेश गरिएको सो महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।

इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा

Read More »

जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित  जनअभियान सञ्चालन गरिएको बताएका छन् ।  उनले स्थानीयतालाई संरक्षण

Read More »

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ

Read More »

जनकपुरधाम भन्सारबाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा

Read More »

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित

Read More »

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

परवानीपुर (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज

Read More »