सहमतिका आधारमा मुलुकी अपराध संहिता संशोधन गर्नुपर्ने

काठमाडौँ : ‘मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’लाई सरोकार भएका निकाय र व्यक्तिबीच छलफलमार्फत सहमति गरेर मात्र अघि बढाउनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् । कानुन दिवसका अवसरमा आज महिला, कानुन र विकास मञ्च एवं सेन्टर फर रिप्रडक्टिभ राइट्स्ले यहाँ आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले आवश्यक छलफल र परमर्शपछि उक्त विधेयक संशोधन गर्नुपर्नेमा जोड लिएका हुन् । अधिवक्ता सविन श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले वैशाख ७ गतेदेखि मन्त्रालयको वेबसाइटमा राखेर सात दिनको अवधि दिए पनि यस विषयमा धेरैले थाहा नपाएकाले सरोकार भएका निकायबीच बृहत् छलफल गरेर परिष्कृत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

सात दिनमात्र अवधि राखेर सुझाव माग गर्दा सरोकार भएका सबैले यस विषयमा थाहा पाउने वातावरण पनि नबनेको उहाँले उल्लेख गर्नुभयो । सेन्टर फर रिप्रडक्टिभ राइट्स्मा आबद्ध अधिवक्ता रोशना प्रधानले प्रेम सम्बन्धमा रहेका जोडी शारीरिक सम्पर्कमा गए पनि फौजदारी संहिता लगाउनुहुँदैन भन्ने उच्च अदालत विराटनगरको आदेश रहेको जनाउँदै सहमतिमा शारीरिक सम्बन्ध भएमा सामान्य रूपमा लिनुपर्ने व्याख्या अदालतले गरेको बताउनुभयो । उहाँले सरोकार भएका निकायबीच समन्वय र सहमतिका आधारमा विधेयक संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सेन्टर फर रिप्रडक्टिभ राइट्स्का क्षेत्रीय निर्देशक प्रवीना बज्राचार्य, अधिवक्ता नवीन श्रेष्ठ, सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीलगायत वक्ताले विधेयक संशोधन गर्दा सरोकार भएका निकाय र व्यक्तिबीच बृहत् छलफल हुनुपर्नेमा जोड दिनुभएको थियो ।

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »