सहमतिका आधारमा मुलुकी अपराध संहिता संशोधन गर्नुपर्ने

काठमाडौँ : ‘मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’लाई सरोकार भएका निकाय र व्यक्तिबीच छलफलमार्फत सहमति गरेर मात्र अघि बढाउनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् । कानुन दिवसका अवसरमा आज महिला, कानुन र विकास मञ्च एवं सेन्टर फर रिप्रडक्टिभ राइट्स्ले यहाँ आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले आवश्यक छलफल र परमर्शपछि उक्त विधेयक संशोधन गर्नुपर्नेमा जोड लिएका हुन् । अधिवक्ता सविन श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले वैशाख ७ गतेदेखि मन्त्रालयको वेबसाइटमा राखेर सात दिनको अवधि दिए पनि यस विषयमा धेरैले थाहा नपाएकाले सरोकार भएका निकायबीच बृहत् छलफल गरेर परिष्कृत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

सात दिनमात्र अवधि राखेर सुझाव माग गर्दा सरोकार भएका सबैले यस विषयमा थाहा पाउने वातावरण पनि नबनेको उहाँले उल्लेख गर्नुभयो । सेन्टर फर रिप्रडक्टिभ राइट्स्मा आबद्ध अधिवक्ता रोशना प्रधानले प्रेम सम्बन्धमा रहेका जोडी शारीरिक सम्पर्कमा गए पनि फौजदारी संहिता लगाउनुहुँदैन भन्ने उच्च अदालत विराटनगरको आदेश रहेको जनाउँदै सहमतिमा शारीरिक सम्बन्ध भएमा सामान्य रूपमा लिनुपर्ने व्याख्या अदालतले गरेको बताउनुभयो । उहाँले सरोकार भएका निकायबीच समन्वय र सहमतिका आधारमा विधेयक संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सेन्टर फर रिप्रडक्टिभ राइट्स्का क्षेत्रीय निर्देशक प्रवीना बज्राचार्य, अधिवक्ता नवीन श्रेष्ठ, सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीलगायत वक्ताले विधेयक संशोधन गर्दा सरोकार भएका निकाय र व्यक्तिबीच बृहत् छलफल हुनुपर्नेमा जोड दिनुभएको थियो ।

इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा

Read More »

जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित  जनअभियान सञ्चालन गरिएको बताएका छन् ।  उनले स्थानीयतालाई संरक्षण

Read More »

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ

Read More »

जनकपुरधाम भन्सारबाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा

Read More »

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित

Read More »

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

परवानीपुर (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज

Read More »