युवा संघ अध्यक्षमाथि आक्रमण : दोषीलाई कारबाहीको माग

ताप्लेजुङ : राष्ट्रिय युवा संघ नेपालको फुङलिङ नगर कमिटी, ताप्लेजुङले आफ्ना अध्यक्ष सन्तोष लिम्बूमाथि धारिलो हतियार प्रहार भएको भन्दै घटनामा संलग्नलाई खोजी गरी कानुनी कारबाही गर्न माग गरेको छ।

नगर कमिटी उपाध्यक्ष काजी सुनुवारले जारी गरेको प्रेस विज्ञप्तिमा शुक्रबार साँझ फुङलिङ बजारको तोक्मे क्षेत्रमा हिँडिरहेको बेला सन्तोष लिम्बू सवार मोटरसाइकल रोकेर साङ्घातिक आक्रमण भएको दाबी गरिएको छ। विज्ञप्तिमा फुङलिङ नगरपालिका–४ का अशोक लिम्बू र सुरज लिम्बूसहितको समूह घटनामा संलग्न भएको उल्लेख छ।

‘युवा संघ नेपाल लोकतन्त्र, विधिको शासन र कानुनी राज्यको पक्षमा दृढ छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लुकेर साङ्घातिक आक्रमण गर्ने व्यक्तिलाई खोजी गरी कानुनी दायरामा ल्याउन प्रशासनको ध्यानाकर्षण गराउँछौँ।’

घटनामा घाइते लिम्बूको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको अस्पतालले जनाएको छ।

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »