कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौँ, २७ वैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ । सो पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने विभाग प्रमुख केदार न्यौपानेले बताउनुभयो ।

“कृषिमा रूपान्तरणकारी परियोजनाका रूपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनःसंरचना गर्ने, नीति कार्यक्रममा घोषणा भएअनुसार कृषिमा आत्मनिर्भर, रोजगार, स्थानीय उद्यमशीलता वृद्धि गर्नेगरी ठोस कार्यक्रम ल्याउनुपर्ने, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित ‘विशेष कृषि विकास परियोजना’ घोषणाका लागि कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

बैठकले कृषिउपजको समर्थन मूल्य तय गर्दा बाली लगाउनका लागि त्यस वर्ष भएको नगद खर्च (श्रम, बीउ, खाद्य सिँचाइ), पारिवारिक श्रमको लगानी, जमिनको भाडा, कूल पँुजी र यसको ब्याज र एकतिहाइ नाफा जोडेर गरिनुपर्ने माग गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहबाट आमकिसानले प्राप्त गर्ने सेवालाई चुस्तदुरूस्तका साथै सेवा प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नियमनकारी, प्रदेश तहले विकास सहजीकरण र स्थानीय तहले सेवा प्रदायकको भूमिका निर्वाह गर्नुपर्नेसमेत बैठकले माग गरेको छ ।

कृषि उत्पादनको प्रयोजनका लागि (माछा, पशुपालन, च्याउ र साना सिँचाइ) उपयोग हुने विद्युत् महसुललाई कृषि महसुलमा समावेश गरी विद्युत् महसुलमा ७५ प्रतिशत छुट गरी सहुलियत दिनुपर्ने, कृषि बजारमा स्थानीय उत्पादनहरू ब्रिक्री वितरणलाई प्राथमिकता दिनुपर्ने, किसान कार्डका आधारमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

मेची राजमार्गको माइखोलामा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठूलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर

Read More »

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४

Read More »

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बिहीबार) निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री साहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती

Read More »

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »