काठमाडौं, २० मंसिर । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘नाङ्गो बनायौ’ सार्वजनिक गरिएको छ ।
यज्ञ विकको शब्द सृजना र संगीत रहेको सो गीतको भिडियोको निर्देशन भने बाबुराजा केसी (उज्ज्वल)ले गरेका छन् । जसमा प्रेम थापा कृष्ण खत्री र सुवर्ण दुलालको अभिनय रहेको छ ।
कृष्ण फिल्मसकोे प्रस्तुतिमा बनेको ‘नाङ्गो बनायौ’ गीतको भिडियो चक्र बहादुर बरालले (बासु) छाँयाङ्कन गरेका छन् । भिडियो नविन घर्तीमगरले सम्पादन गरेका हुन् ।
भिडियो लिंक : https://www.youtube.com/watch?v=s1f2-EEtbG8










