भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषले धार्मिक विद्वान् तथा सामाजिक व्यक्तित्वहरूसँगको छलफल र बैठकको निर्णयअनुसार मन्दिरमा दैनिक पूजा तथा भक्तजनका लागि मुख्य प्रवेशद्वार खुल्ने र बन्द हुने समय निर्धारण गरेको हो।

निर्धारित तालिकाअनुसार असोज १ गतेदेखि फागुन मसान्तसम्म बिहानको नित्य पूजा बिहान ६ः०० देखि ६ः३० बजेसम्म, मध्याह्न पूजा ११ः३० देखि १२ः०० बजेसम्म र साँझको पूजा ४ः३० बजेपछि सञ्चालन हुनेछ। यस अवधिमा भक्तजनका लागि मन्दिरको मुख्य गेट बिहान ६ः३० बजेदेखि साँझ ५:०० बजेसम्म खुला रहनेछ।

त्यस्तै, चैत १ गतेदेखि भदौ मसान्तसम्म बिहानको नित्य पूजा ५ः३० देखि ६ः०० बजेसम्म, मध्याह्न पूजा ११ः३० देखि १२ः०० बजेसम्म र साँझको पूजा ४ः३० बजेपछि सञ्चालन हुनेछ। यो अवधिमा मुख्य गेट बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म खुला रहने व्यवस्था गरिएको छ।

कोषका अनुसार असोज १ गतेदेखि साँझको आरती सम्पन्न भएपछि मुख्य मन्दिरको गेट बन्द गरिनेछ। तर मन्दिर प्रवेशद्वार (तल्लो गेट) भने हरेक दिन बिहान ४ बजेदेखि खुला रहने व्यवस्था गरिएको छ।

भक्तजनको बढ्दो चापलाई मध्यनजर गर्दै पूजा, आरती र मन्दिर प्रवेशलाई व्यवस्थित तथा सहज बनाउन समय तालिका लागू गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »