खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो

खोटाङ, २५ असोज । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै खोटाङमा पनि फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने/गराउने युवाको चहलपहल बढेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन आयोगलाई दिएको निर्देशनअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न यही असोज ९ गतेदेखि देशभर एकैसाथ मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम सुरु गरेसँगै खोटाङका नागरिकले पनि आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्न थालेका हुन् । दश स्थानीय तह रहेको जिल्लामा दैनिक १५ देखि ४० जनासम्मले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गराउने गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले जानकारी दिनुभयो । “देशभर खुला गरिएको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुन्छ । जिल्लामा अहिलेसम्म अपेक्षा गरेअनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम भएको छैन ।

यद्यपि, हामीले प्रचारप्रसार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ दर्ता गराउनेले अनलाइन फाराम भरेर बायोमेट्रिक गर्न कार्यालयमा आउने तथा अद्यावधिक गर्नेहरू कार्यालय आउनुपर्दैन । नयाँ दर्ता गराउनेका लागि बिदाको दिनबाहेक दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म कार्यालय खुला राखिनेछ ।” मतदाता नामावलीका लागि अनलाइन फाराम भर्न नजान्ने, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई कार्यालयले सहजीकरण गर्ने निर्वाचन कार्यालय खोटाङका प्रमुख मगरले जानकारी दिनुभयो । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन चाहने नेपाली नागरिकले देशभरका जुनसुकै जिल्ला तथा प्रदेश कार्यालयमा गएर आफ्नो नाम दर्ता गराउने सक्ने व्यवस्था गरेको छ । जिल्लामा मतदाता नामावली दर्ता गराउन आउने अधिकांश नागरिक १६ देखि २५ वर्ष उमेर समूहको रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी कात्तिक १६ गतेसम्ममा १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या एक लाख ४४ हजार ४२९ जना पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङका मतदाता नामावली दर्ता शाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिनुभयो । आगामी फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा करिब हजार जना मतदाता थपिने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७९ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको बेला खोटाङमा एक लाख ४३ हजार ७५२ जना मतदाता रहेका थिए । निर्वाचन आयोगले नेपाली नागरिकताको प्रमाणपत्र लिएका १६ वर्षमाथिका जोसुकै नेपाली नागरिकले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भन्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकको काम सुरु गरेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले देशभर सर्कुलर जारी गर्दै आफ्ना कार्यकर्तालाई मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न/गराउन आह्वान गरेको छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »