अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप बढ्यो

रामेछाप, २५ असोज । बाढीले सडक बगाएको ठाउँमा अस्थायी डाइभर्सन बनाएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । रोशी खोलमा आएको बाढीले बगाएको सडकमा अस्थायी डाइभर्सन बनाएपछि शुक्रबार साँझबाट यातायात सञ्चालन भएको हो । गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो ।

त्यस्तै, सिन्धुली खण्डको नेपालथोकदेखि वर्षेखोलासम्म दुई ठाउँमा क्षति पुर्‍याएको थियो । रोशीखोला खण्डमा करिब ५ किलोमिटर सडकमा बाढीले क्षति पुर्‍याउँदा असोज १७ गते साँझदेखि यातायात अवरुद्ध थियो ।

सडक डिभिजन कार्यालय भक्तपुर, सडक डिभिजन कार्यालय खाल्टे सिन्धुली, सडक विभाग लगायतको प्राविधिक टिम, उपकरण तथा सो सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी समेतको लगातार एक हप्ताको प्रयासपछि बाढीले क्षति पुर्‍याएको सडकमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा आएको हो ।

काठमाडौंबाट पूर्व जाने दैनिक सयौं यातायात साधन गुड्ने बिपी राजमार्गमा क्षति पुग्दा दशैं सकेर काठमाडौं फर्कनेले निक्कै सास्ती खेपेका थिए । यो सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका सिन्धुली, रामेछाप लगायत कोशी प्रदेश तथा मधेस प्रदेशका केही जिल्ला आउजाउ गर्ने यात्रुले सिन्धुलीको खुर्कोटबाट रामेछाप हुँदै दोलखा पुगेर अरनिको राजमार्ग निस्किएर वा पूर्वपश्चिम राजमार्गको हेटौंडा र नारायणघाट हुँदै मुग्लिनको बाटो घुमेर आउजाउ गर्नुपर्ने बाध्यता थियो । सडक बनेपछि स्थानीयलाई काठमाडौं आउजाउ गर्न सहज भएको छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »