मधेश प्रदेश सभा बैठक २८ गते बस्ने

काठमाडौँ । मधेश प्रदेशका प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले असोज २८ गतेका लागि प्रदेश सभाको बैठक बोलाएका छन् । असोज २८ गते एक १ बजे प्रदेश सभाको बैठक बस्ने मधेस प्रदेश सभाको सचिवालयले जनाएको छ । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले असोज २८ गते विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री सिंहले राजीनामा नदिए पनि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी अर्को सरकारका लागि ५८ जना प्रदेश सभा सदस्यको नाम प्रदेश प्रमुखलाई बुझाई सकेका छन् । प्रदेश सरकार गठन गर्नका लागि ५४ जना सांसद चाहिन्छन् ।

सतिश सिंह जनमत पार्टीबाट नै मुख्यमन्त्री बनेका थिए । जेनजी आन्दोलनपछि जनमत पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो । सो निर्देशनअनुसार फेसबुकबाट उनले राजीनामा घोषणा गरेका थिए । तर पछि उनले फेसबुकको राजीनामा मान्य नहुने भन्दै मुख्यमन्त्रीमा कायम रहेको बताएका थिए ।

त्यसपछि पनि जनमत पार्टीले मुख्यमन्त्रीलाई फिर्ता बोलाएको निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएको थियो । अहिले कांग्रेस र एमालेसँग मिलेर आफ्नै सरकारविरुद्ध अर्को सरकार बनाउन लागिपरेको छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »