पाकिस्तान-अफगानिस्तान सीमामा भीषण भिडन्त, तीन पोस्ट कब्जा गरेको तालिबानको दाबी

काबुल । यस हप्ता काबुलमा पाकिस्तानी हवाई हमलापछि शनिबार राति पाकिस्तान-अफगानिस्तान सीमामा तालिबानले पाकिस्तानी पोस्टहरूमा आक्रमण गरेको छ । दुवै देशका सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणसँगै दुई पक्षबिच गोली हानाहान भएको हो। पाकिस्तानी सुरक्षा अधिकारीहरूले अफगानिस्तानबाट भएको ‘अप्रत्याशित गोलाबारी’को ‘पूर्ण शक्ति’का साथ जवाफ दिइरहेको बताएका छन् ।

उनीहरूका अनुसार सीमाका छ भन्दा बढी स्थानमा गोली हानाहान भएको थियो। यता, तालिबान सेनाले तीन पाकिस्तानी सीमा चौकीहरू कब्जा गरेको दाबी गरेको छ। पाकिस्तानी सुरक्षा अधिकारीहरूले पनि आफ्नो सेनाले धेरै अफगान पोस्टहरू नष्ट गरेको बताएका छन्। पाकिस्तानी सुरक्षा अधिकारीहरूले साझा गरेको भिडियो फुटेजमा अफगानिस्तानतर्फ बन्दुक र तोपको गोला प्रहार भइरहेको देखाइएको छ ।

पाकिस्तानी हवाई हमलाको बदला

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोवारजमीले पाकिस्तानले अफगान हवाई क्षेत्रको उल्लङ्घन गरेको कारण यो बदलाको कारबाही भएको बताए। उनले स्थानीय समयअनुसार मध्यरातमा आक्रमण समाप्त भएको जानकारी दिए। खोवारजमीले भने, ‘यदि विपक्षी पक्षले फेरि अफगानिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गरेमा, हाम्रा सशस्त्र बलहरू आफ्नो हवाई क्षेत्रको रक्षा गर्न तयार छन् र कडा जवाफ दिनेछन्।’

भिडन्त समाप्त भयो वा भएन भन्नेबारे पाकिस्तानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। दुई देशबिचको सीमा २,६०० किलोमिटर लामो छ।
इस्लामावादले अफगान तालिबान प्रशासनलाई पाकिस्तानी तालिबानका लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । साथै उनीहरूले भारतको समर्थनमा पाकिस्तानमा आक्रमण गर्ने गरेको उनीहरू बताउँछन्। नयाँ दिल्लीले भने यो आरोप अस्वीकार गर्छ । त्यसैगरी, तालिबानले उनीहरूको भूमि अन्य देशविरुद्ध प्रयोग गर्न नदिएको बताउँछन्।

एक पाकिस्तानी सुरक्षा अधिकारीले यस हप्ता रोयटर्सलाई दिएको जानकारी अनुसार हवाई हमला काबुलमा गाडीमा यात्रा गरिरहेका पाकिस्तानी तालिबान लडाकु समूहका नेतालाई लक्षित थियो। उनी बाँचे वा बाँचेनन् भन्ने स्पष्ट छैन। तालिबान प्रशासनका विदेश मन्त्रीले यस हप्ता भारतको भ्रमण गरेका थिए। सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि कुनै वरिष्ठ तालिबान अधिकारीको यो पहिलो यस्तो यात्रा हो र दुई पक्षले सम्बन्धलाई स्तरोन्नति गर्न सहमत भएका छन्। यो भ्रमणले पाकिस्तानमा थप चिन्ता बढाएको छ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »