साझा मानवीय मूल्यको माध्यमबाट एसिया क्षेत्रलाई शान्त र एकताबद्ध बनाउन सकिन्छ : आनन्द पोखरेल

काठमाडौं, २६ असोज । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री आनन्द पोखरेलले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यहरूको माध्यमबाट एसिया क्षेत्रलाई सम्पन्न, शान्त र एकताबद्ध बनाउन सकिने बताएका छन् । माल्दिभ्सको मालेमा आयोजित “दोस्रो मानव समरसता सम्मेलन तथा पुरस्कार समारोह”लाई शनिबार सम्बोधन गर्दै उनले यो अभियानले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यहरूको माध्यमबाट यस क्षेत्रका देशहरूलाई जोड्ने उल्लेख गरे ।

पूर्व मन्त्री पोखरेलले विश्व तीव्र गतिमा परिवर्तन भइरहेको र नयाँ प्रविधि, विश्वव्यापी चुनौती र पारस्परिक निर्भरता बढ्दो क्रममा रहेको बताउँदै यस्तो समयमा यो अभियान दिगो विकासको आधार भएको धारणा व्यक्त गरेका उनको सचिवालयले जनाएको छ । उनले भने, “नेपाल हिमालयको देश र शान्तिका दूत भगवान बुद्धको जन्मभूमि हो, हामी सधैं शान्ति, सहिष्णुता र सहकार्यमा विश्वास गर्छौ । समरसता सांस्कृतिक र आध्यात्मिक पहिचान यस क्षेत्रको अभिन्न अङ्ग भएकाले सहअस्तित्वको भावना प्रत्येक एशियाली राष्ट्रले महसुस गर्न सक्छ ।”

नेता पोखरेलले सहकार्यको संस्कृतिले व्यापार, सम्पर्क र सांस्कृतिक आदानप्रदानमार्फत समृद्धि आउने धारणा व्यक्त गर्दै सबैले राजनीतिक विभाजनभन्दा माथि उठ्नुपर्ने र जनतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शान्ति र समझदारीका लागि प्रतिबद्ध व्यक्ति, संस्था र सरकारहरूलाई जोड्ने स्थायी मञ्चका रूपमा मानव सञ्जाल स्थापना गर्नुपर्नेमा उनको जोड थियो ।

युवालाई सशक्त बनाई शिक्षा, सांस्कृतिक आदानप्रदान र स्वयंसेवा कार्यक्रममार्फत सहिष्णुता र सम्मानका मूल्यहरू जगाउनेपर्ने उनको धारणा थियो । पूर्व मन्त्री पोखरेलले नेपालको तर्फबाट ती लक्ष्यहरू प्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्दै सबैसँग मित्रता, इमानदारी र साझा उद्देश्यका साथ काम गर्न तयार रहेको बताएका थिए ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »