प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनीविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

नगरपालिका वडा नम्बर ३ मा रहेको देवी माध्यामिक विद्यालयको भवन निर्माणको ठेक्का पत्रपत्रिकामा प्रकाशन गर्नुपर्नेमा नगरी कर्मचारी र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालिका सञ्‍चालक अजितकुमार कर्णसमेतले आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ तथा माधव नारायण नगरपालिकालाई हानि पुर्‍याएको दाबी अख्तियारको छ।

उनीहरूले अभिलेखमा राख्ने गरी सिटी पोस्ट राष्ट्रिय दैनिक पत्रिका जस्तो देखिने सिमित प्रति मात्र प्रकाशित गरेर सूचना छापेको पनि पाइएको छ। अख्तियारले उनीहरूले २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको उल्लेख गरेको छ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »