तलब भत्ताको माग गर्दै फतुवा विजयपुरका शिक्षकहरू आन्दोलित

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू तलब र भत्ताको माग गर्दै आन्दोलित भएका छन्। दीपावली र छठ जस्ता प्रमुख पर्वहरू नजिकिँदै गर्दा पनि तलब नपाएको भन्दै शिक्षकहरूले आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका छन्।

हिमाली मावि हिमालीबासका प्रधानाध्यापक बुनिलाल यादवले दसैँ जस्तो ठुलो पर्वमा तलब नपाउँदा ठुलो आर्थिक समस्या भएको बताएका छन्। दीपावली र छठ पनि नजिकिँदै गर्दा नगरपालिकाले कुनै चासो नदेखाएकोले बाध्य भएर ज्ञापनपत्र बुझाएको उनले जनाएका छन्।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत यादवले नगरपालिकाको खाता सञ्चालन नहुँदा तलब भत्ता निकासा गर्न नसकिएको जानकारी दिएका छन्। उनले कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले खाता सञ्चालनका लागि अख्तियारी दिन ढिलाइ गरेकाले कोष तथा लेखा नियन्त्रण कार्यालयले खाता खोल्न नसकेको स्पष्ट पारेका छन्।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले शिक्षक कर्मचारीको तलब तत्काल उपलब्ध गराउन आफूहरू प्रयासरत रहेको बताएका छन्। सम्भवतः भोलिसम्म अख्तियारी प्राप्त भएपछि खाता सञ्चालन हुने र तलब निकासा गरिने उनले बताएका छन्। यता, शिक्षकहरूले समयमै तलब नपाउँदा आफूहरू निकै आर्थिक तनावमा परेको बताएका छन्।

यसैबीच, फतुवा विजयपुर नगरपालिकामा दीपावली र छठ पर्वको मुखमा समेत सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लाभग्राहीहरू पनि आक्रोशित बनेका छन्। राङ्गी गर्जा टोलका ज्येष्ठ नागरिक राम नारायण चौधरीले  कुरा गर्दै दसैँ, दीपावली र छठमा सामाजिक सुरक्षा भत्ताको रकमले सयौँ परिवारको गुजारा चल्ने गरेकोमा अहिले समयमा भत्ता वितरण नहुँदा निराश बनेको गुनासो गरेका छन्।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »