भुम्लुमा ५० वर्षदेखिको समस्या : हालसम्म ५३१ ले पाए जग्गाधनीपुर्जा

काभ्रेपलाञ्चोक, २८ असोज । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन् । हालसम्म पाँच सय ३१ प्रिवारले पुर्जा पाएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्याएर औपचारिक रूपमा गत भदौदेखि वितरण गर्न थालिएको हो । उनीहरूलाई गत भदौ ३ गते तत्कालीन भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा बितरणको सुरुआत गर्नुभएको थियो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका–७ र ८ का चार सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको थियो ।

कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का एक सय ८५ र वडा नं ८ मा दुई सय ४६ गरी चार सय ३१ जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । त्यसयता एक सय लालपुर्जा तयार भई वितरण भइरहेको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले बताउनुभयो । उहाँका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पुर्याएर लालपुर्जा बितरण भइरहेको हो । आवश्यकतानुसार तीनदेखि छ जना कर्मचारीले ‘फिल्ड’मा काम गरिरहेको भुसालको भनाइ छ । समस्या समाधनका लागि जिल्लस्थित नापी कार्यालयले २०७१ साल जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकका तत्कालीन सांसद एवं मन्त्री गोकुल बाँस्कोटाले २०७६ साल मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

कार्यालयले नापी टोली खटाएको ११ वर्षपछि भने स्थानीय जग्गाधनीले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् । कार्यालयका अनुसार वडा नं ७ मा तीन सय र ८ मा छ सय लालपुर्जा बनाउनुपर्ने देखिएको छ । घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो । कार्यालयले लालपुर्जा विरतण गरेपछि जग्गासम्बन्धी सबै श्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरू नापी कार्यालयमा ल्याई जग्गा प्रशासनको नयाँ काम सुरु हुने जनाएको छ ।

केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत–भिड्ने’ आवश्यक कागजात नल्याउँदा भने काम गर्न केही समस्या भइरहेको भुसालले बताउनुभयो । यस्तै तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरो तिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको जनाइएको छ । उक्त स्थानमा लालपुर्जाको समस्या वर्षौँसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समितिसमेत गठन गरिएको थियो भने कयौँपटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निस्कएको थिएन । गाउँपालिकामा आएका निवदेन छानबिन गर्दा प्रारम्भिक चरणमा करिब एक हजार परिवार समस्यामा रहेको देखिएको कार्यालयले जनाएको छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »