जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यक्रम छ । दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेश सभाको बैठक केही ढिलो गरी सुरु भएको हो ।
विभिन्न दलबिच छलफल गर्नुपरेकाले बैठक समयमै सुरु हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसैबिच, जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सभा सचेतक रामअशिष यादवले विपक्षी दलहरू विश्वासको मतका सम्बन्धमा तटस्थ बस्ने बताए ।










