उत्तरपूर्वी युक्रेनी सहरमा रुसले गर्‍यो ग्लाइड बम र ड्रोन हमला

किभ । रुसले सोमबार राति युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा शक्तिशाली ग्लाइड बम र ड्रोन आक्रमण गर्‍यो । आक्रमणमा एउटा अस्पताललाई निशाना बनाइएको थियो । यस आक्रमणमा सात जना घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफ्ना अमेरिकी समकक्षी डोनल्ड ट्रम्पसँग भेट्न वासिंगटन जाँदै गर्दा यो आक्रमण भएको हो । जेलेन्स्कीले अमेरिकाबाट थप सैन्य सहयोग लिन सक्ने अनुमान गरिएको छ । खार्किभमा रहेको सहरको मुख्य अस्पताल निशाना बनाइएपछि ५० जना बिरामीलाई तुरुन्तै सुरक्षितस्थलमा सारिएको क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोभले बताए ।

आक्रमणको मुख्य निशाना ऊर्जा पूर्वाधार रहेको जेलेन्स्कीले बताए, तर कुन कुन स्थानमा आक्रमण भयो त्योचाँहि उनले बताएनन् । रूसले युक्रेनी पावर प्लान्ट, पावर लाइन र प्राकृतिक ग्यास स्रोतहरूमा हरेक दिनरात आक्रमण गरिरहेको र यो लामो दूरीको आक्रमण रणनीति फेब्रुअरी २०२२ देखि चलिरहेको जेलेन्स्कीले टेलिग्राममा भनेका छन् । यसको उद्देश्य युक्रेनको बिजुली आपूर्तिलाई अवरुद्ध गर्नु, जाडोमा युक्रेनी नागरिकहरूलाई तातो र पिउने पानीबाट वञ्चित गर्नु भएको पनि उनले बताए ।

रुसी आक्रमणहरूलाई रोक्न युक्रेनलाई थप हवाई रक्षा प्रणालीहरू उपलब्ध गराउन युक्रेनी राष्ट्रपतिले विश्वभरका देशहरूलाई अपील गरेका छन् । जेलेन्स्कीले शुक्रबार वासिंगटनमा ट्रम्पलाई भेट्दै छन् । यस क्रममा दुई नेताहरूबिच युक्रेनलाई नयाँ र उन्नत लामो दूरीको क्षेप्यास्त्रहरू आपूर्ति गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसो भए रुसविरुद्ध बदला लिन  युक्रेन अरू बलियो हुनेछ । युक्रेनलाई टोमाहक क्रूज क्षेप्यास्त्रहरू दिने भनेर यसअघि नै ट्रम्पले रुसलाई चेतावनी दिइसकेका छन् ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »