मधेसमा बन्यो ५ दलको गठबन्धन, कांग्रेस–एमाले सत्ताबाहिर

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार बनाउनका लागि ५ दलको गठबन्धन बनेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने गरी प्रदेशमा ५ दलको गठबन्धन बनेको हो । सोनललाई जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।

पाँच दलको गठबन्धन बनेसँगै मधेसमा कांग्रेस-एमाले सत्ता बाहिरै हुने भएका छन् । यी ५ दलका ५६ जना सांसदको हस्ताक्षर सँगै सोनलले बुधबार मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका छन् । प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आजै अपराह्न ४ बजेसम्म रहेको छ । यसअघि काङ्ग्रेस एमाले र जनमतको सहकार्यमा सरकार बन्ने चर्चा थियो।

नयाँ प्रक्रिया सुरु नहुँदै यी तीनटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाइसकेका पनि थिए । तर आज यी पाँच दलको छुट्टै गठबन्धन बनेको हो । जनमतले कांग्रेस–एमालेको साथ छाडेर नयाँ गठबन्धन बनेसँगै नयाँ समीकरण सम्भव भएको हो । मधेसमा नयाँ सरकार गठबन्धका लागि ५४ सांसद आवश्यक पर्छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »