सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ । ऋषिङ गाउँपालिका–१ र म्याग्दे गाउँपालिका–१ लिवाङखोला जोड्ने झोलुङ्गे पुल मर्मत, ऋषिङ–१ स्थित ठाँटी निर्माण तथा दुले लोक्मा पैदलमार्ग निर्माण, व्यास नगरपालिका-१ स्थित सेतीछाब्दी घाट संरक्षण, ऋषिङ–१ स्थित तल्लो सेटाङ भाल्कोन सडक निर्माण र ऋषिङ–७ स्थित कोटदरवार माच्दाङ सडक स्तरोन्नति योजना सम्पन्न भएका आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजना प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।

भण्डारीले उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक निकायबाट नियमित रूपमा अनुगमन गरिएको बताए । उनका अनुसार यस अवधिसम्म सामुदायिक विकासतर्फका ७९ वटा योजना सम्पन्न भइसकेका छन् भने १३ वटा सञ्चालित छन् । व्यास–५ स्थित पराशर माध्यमिक विद्यालयको प्रवेशद्वारा मर्मत, म्याग्दे–३ को किलचोक शाखा सडकको नाली निर्माण, ऋषिङ–१ मिलन सडकको नाली निर्माण, ऋषिङ–७ को डाँडीवन चुलेसी पहुँच मार्ग, व्यास–५ को सेतीमादी घाट सुधार, भिमाद–५ को वानटाङ खोलामा पक्की पुल निर्माण जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

उनका अनुसार व्यास–५ मा पहुँच सडकसँग जोडिएको स्थानबाट गाउँतर्फ जाने सडक निर्माण, सेतीनदी दायाँ किनार संरक्षण र खानेपानी मुहान सुदृढीकरण कार्यक्रम जारी छन् । ऋषिङ–१ मा खानेपानी मुहान तथा पाइप सुधार सहयोग कार्यक्रम, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान र तल्लो सेटाङ भाल्कोन सडक निर्माण भइरहेको जनाउँदै उनले भिमाद–५ को मिछुर्लुङ खानेपानी आपूर्ति योजनाका लागि विद्युतीकरणसम्बन्धी कार्य जारी रहेको बताए । आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीले उल्लेख गरे । उनले भने, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »