सञ्चारमन्त्रीको पहलपछि जाजरकोटमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

काठमाडौँ, २९ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएको विषय मन्त्रालयमा गुनासो आएपछि मन्त्री खरेलले तत्कालै एक्सन लिएर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिनुभएको हो । टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन गरेको छ । यही असोज ९ गते बारेकोट गाउँपालिका–५ रतनकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । यसबाट १० हजारभन्दा बढी सेवाग्राही मर्कामा परेका थिए ।

सेवा अवरुद्ध भएपछि स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा समस्या भएको थियो । स्थानीय प्रकाशमान सिंहले दुई हप्तादेखि अवरुद्ध टेलिकमको सेवा सञ्चालन भइसकेको र यसले स्थानीयलाई ठूलो राहत मिलेको बताउनुभयो । उहाँले टेलिफोन सेवा सञ्चालनमा आएसँगै इन्टरनेट सेवाको क्षमता विस्तारका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उहाँका अनुसार फोरजी सेवाको टावर स्थापना गर्दा १२ हजार जनसङ्ख्या रहेको थियो । अहिले गाउँपालिकामा २२ हजार जनसङ्ख्या पुगेको र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेकाले इन्टरनेटको क्षमता विस्तार गरी सेवा थप प्रभावकारी बनाइनुपर्ने अपरिहार्यता रहेको छ ।

सञ्चारमन्त्री खरेलले टेलिफोनसेवा अवरोध हुँदा जाजरकोटवासीको समस्या आफूले अनुभूत गरेर तत्कालै सेवा सञ्चालनका लागि पहल गरेको बताउनुभयो । मन्त्री खरेलले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायत सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कार्यलाई विषेश प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लम्सालले बारकोट र आसपास क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चट्याङले पूर्ण रूपमा क्षति भएको टेलिफोन टावरको रेडियो उपकरण तथा अर्थिङलगायत कतिपय सामग्री केन्द्रबाट उपकरण मगाई सेवा सञ्चालन गरिएको हो । टेलिफोन सेवाको क्षमता विस्तार र गुणस्तर वृद्धिका लागि कामगर्ने गरी उपकरणसहित थप प्राविधिक फिल्डमा खटाइएको छ । इन्टरनेट सेवाको क्षमता विस्ता र गुणस्तर बढाउन पनि प्राविधिक जनशक्ति परिचालन गरिएको छ । यस्तै डोल्पा जिल्लाकोसेवा अवरुद्ध भएका भुर्तेचुला, सर्मी, कालिका र रुकुमपश्चिमका गोतामकोटलगायत क्षेत्रहरूमा सञ्चालनमा रहेका मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजनाका लागि गोतामकोट स्टेशनमा नयाँ जेनेरेटर जडान गरी तिहार अगाडि नै सञ्चालनमा ल्याउने निर्देशक लम्सालले जानकारी दिनुभयो ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »