हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो

काठमाडौं, ३० असोज । हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ । बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस्थित फरेन्सिक केन्द्रमा पहिचानका लागि लगिएको बताइएको छ ।

यसअघि सम्म हमासले इजरायललाई १० जना बन्धकको शव हस्तान्तरण गरिसकेको छ भने अझै १० जना बन्धकका शवहरू फिर्ता गर्न बाँकी छन् । हमासको सैन्य शाखा ‘अल–कस्साम ब्रिगेड्स’ले विज्ञप्ति जारी गर्दै ‘आफूले सम्झौताअनुसार सबै जीवित इजरायली कैदीहरू र पाउन सकिएका शवहरू हस्तान्तरण गरिसकेको’ जनाएको छ । बाँकी शव फिर्ता गर्न ‘विशेष उपकरण र व्यापक प्रयास आवश्यक पर्ने’समूहले उल्लेख गरेको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले पनि ४५ जना प्यालेस्टिनी बन्दीहरूको शव फर्काइएको पुष्टि गरेका छन् । यसअघि मंगलबार दक्षिण गाजाको खान युनिसस्थित नासर अस्पतालले पनि ४५ वटा शव प्राप्त भएको जनाएको थियो । हालसम्म इजरायलले कुल ९० जना प्यालेस्टिनी कैदीका शवहरू फिर्ता गरेको छ ।

शव फिर्ता प्रक्रिया अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गतको एउटा महत्वपूर्ण चरण मानिएको छ । यसअघि गाजाबाट बाँकी २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गरिँदा करिब दुई हजार जना प्यालेस्टिनी कैदी र बन्दीहरू इजरायली जेलबाट रिहा भएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चेतावनी दिँदै भनेका छन कि, ‘यदि हमासले सम्झौता उल्लङ्घन गर्छ भने मैले इजरायललाई पुनः सैन्य कारबाही सुरु गर्न अनुमति दिनेछु ।’ एक दिनअघि उनले हमासले आफैंले हतियार नछोडेमा ‘तात्कालिक र कडा रूपमा निशस्त्रीकरण गरिने’ चेतावनी दिएका थिए ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »