एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । ललितपुरको जावालाखेलमा बसिररहेको बैठकको आज दोस्रो दिन पनि बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको हो । आज ७५ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा र सुझाव राखिसक्नुभएको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । उहाँले शुक्रबारसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि पदाधिकारीहरूले आफ्ना धारणा राख्नुहुने जानकारी दिनुभयो । पदाधिकारीको धारणापछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले जेनजी प्रदर्शनपछि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशन, पार्टीमा सुशासनका पक्षमा धारणा राखिरहनुभएको छ । बैठकमा आज बोल्न बाँकी केन्द्रीय सदस्यले भोलि धारणा राख्नुहुनेछ । बैठक अहिले पनि जारी छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »