नियमित महाधिवेशनको कार्यतालिका नआए विशेष महाधिवेशन बाध्यता हुन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन मङ्सिरभित्र हुने गरी कार्यतालिका केन्द्रीय कार्यसमितिमा नआए विशेष महाधिवेशन बाध्यता हुने बताएका छन् । केन्द्रीय कार्यसमितिको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा एजेन्डा पेस गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्नेहरू पनि मङ्सिर मसान्तभित्र नियमित महाधिवेशन होस् भन्ने चाहना राख्ने बताए ।

थापाले बैठकमा कार्यसम्पादन समितिले तय गरेका ८ एजेन्डा पेस गरेका छन् । एजेन्डा पेस गर्दै थापाले विशेष महाधिवेशन माग गर्दै दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइने बताए । ‘विशेष महाधिवेशनको लागि विधानमा व्यवस्था भएबमोजिम पार्टीमा महाधिवेशनको माग राख्दै हस्ताक्षर बुझाउनुभएको छ ।

यो दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइनेछ,’ थापाले बैठकमा भने,  ‘तर, मलाई विश्वास छ, विशेष अधिवेशनका माग कर्ता साथीहरूले मङ्सिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुङ्गिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौँ ।’

उनले नियमित महाधिवेशनको कार्यतालिका आएमा विशेष महाधिवेशनको बहस सकिनेसमेत बताए । केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशनको कार्यतालिका पास गर्ने थापाको भनाइ थियो । महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यतालिका आएपछि समझदारीमा विशेष महाधिवेशन आवश्यक नभएको निर्णय हुने बताए । ‘नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशन आवश्यक नरहेको निर्णयमा हामी पुग्नेछौँ,’ थापाले भने ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »