सरकारले हामीलाई तर्साउन खोज्यो : वर्षमान पुन

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले माओवादीका नेता, कार्यकर्ता, विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने काम भइरहेको जानकारी दिए ।

उनले सरकारले भदौ २३ गतेको जेन—जी आन्दोलनमा हत्या गर्ने, सत्तामा हालिमुहाली गर्ने बिचौलियाहरूलाई कारबाही गर्न नसकेको बताए । उनले माओवादी केन्द्र र पूर्वअध्यक्ष पुष्पकमल दाहाललाई अनुसन्धानको नाममा तर्साउन खोजेको उनको भनाई छ । उनले यस प्रकारको प्रवृत्ति स्वीकार्य नहुने बताए । उनले भने ‘हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेण्डासहित जान्छौँ । हामी जेन—जीका बलिदानलाई सार्थक बनाउनेगरि जान्छौँ ।

तर यसमा हामीलाई टार्गेट गर्ने, २३ गते त्यत्रा दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने, अनि गएर प्रचण्ड कमरेडतिर गएर तेर्साउन खोज्ने रु हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौँ । यस प्रकारका बेठिक प्रवित्ति हामी स्वीकार्दैनौँ ।’ उनले माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको बताए । उनले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न पनि आग्रह गरे ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »