मुख्यमन्त्री बानियाँद्वारा एकल महिलालाई घर हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपन्न दलित एवं एकल महिलालाई घर हस्तान्तरण गरेका छन् । उनले मनहरी–९ की मिठुमाया सुनारको घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् । ४ लाख ६५ हजार रुपैयाँ लागतको भूकम्प प्रतिरोधी उक्त घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने पारिश्रमिक र निजी खर्च प्रयोग गरेका हुन् । आरसीसी पिल्लर सिस्टमको उक्त घरमा ३ कोठा, शौचालय, बत्ती, पानी लगायतको सुविधा छ ।

मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री बानियाँले आफ्नो पारिश्रमिकबाट घरबार विहीन विपन्न दलित तथा एकल महिलाका लागि घर निर्माण गरिदिने घोषणा गरेका थिए । सोही बमोजिम उनले सुनारको घर निर्माण गरिदिएका हुन् । ‘हामीले राजनीति गरेको मानवताका लागि हो । मान्छेको सेवा गर्नको लागि हो,’ घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले भने, ‘बीपीले भन्नुभए अनुसार गरिबलाई न्याय, गरिबलाई आयको सिद्धान्तमा हामी अघि बढिरहेका छौँ । गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न हामी प्रतिबद्ध छौँ ।’

मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत लगानी र मुख्यमन्त्रीको सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाशमा थप २ वटा यस्ता घर निर्माण गर्दैछन् । हस्तान्तरण गरिएको घर सरकारी अनुमान अनुसार करिब ७ लाख लागतको भए पनि स्थानीयको सहयोग र विभिन्न सामग्रीमा सहुलियत पाएकाले ४ लाख ६५ हजारमा निर्माण सम्पन्न भएको बानियाँले बताए । सोही अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रा पालन गरी जीविकोपार्जन गर्न मिठुमायालाई २० हजार रुपैयाँ आर्थिक सहायता समेत प्रदान गरेका थिए । मुख्यमन्त्री बानियाँले प्रदेशभरिका १ हजार विपन्न परिवारका लागि प्रदेश सरकारमार्फत घर निर्माण गर्ने योजना घोषणा गरेका छन् । घरसँगै छानामुनि बस्नेको खाना र नाना (रोजगारी) को पनि व्यवस्था गर्न सरकारले आयआर्जनका कार्यक्रम ल्याउने उनको भनाइ छ ।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »